१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा एक जनाको मृत्यु

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. १ आगपाछीमा सोमबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  

बाटो क्रस गर्ने क्रममा दिउँसो ३.१५ बजे स ५ प ७३०६ नम्बरको मोटरसाइकललाई को १ क ३४४१ नम्बकार दूध बोक्ने टयाङ्करले ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैँचा वडा नं. ६ का २५ वर्षे नरेश यादवको मृत्यु भएको हो।  

प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सिकिस्त घाइते यादवको उपचारका क्रममा ४.५५ बजे मृत्यु भएको हो। लापरबाही गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रदेश नं. ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २१ असार २०७८ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App