१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मनाङमा बाढी–पहिरोले सडक र पुल बगाएपछि पैदल हिड्न समेत सकस

लगातार वर्षाका कारण मनाङको मस्र्याङदी नदीमा आएको बाढी–पहिरोले भौतिक संरचनाको ठूलो क्षति पुर्‍याएको  छ । बाढीले सडक, पुल, हाइड्रो पावर र बस्तीमा ठूलो क्षति पुर्‍याएको  हो । बाढी–पहिरोका कारण सडक र पुल बगाएपछि मनाङ जिल्लाको चामे, नासो, ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा आवत–जावत ठप्प भएको छ ।  

सदरमुकाम चामे बजार जोड्ने सडक तथा मोटरेबल पुल क्षति अनुगनका लागि प्राविधिक टोली पुगेको छ । बाढी–पहिरोका कारण ड्याम बनेर बसेको मस्र्याङ्दी नदी खुलाउन र मोटरेबल पुल जोगाउन प्राविधिक पुगेको हो ।  

अहिले मनाङ चोमे र ङिस्याङ गाउँपालिकामा बाढी–पहिरोका कारण पैदल हिड्न समेत जोखिम रहेको पूर्वाधार विकास कार्यालय कार्यरत ईन्जिनियर जय विष्टले बताए  

‘बाढी–पहिरोले मनाङको चामे गाउँपालिकाका अधिकाशं स्थानमा बाटो नै पहिरोले बगाएको छ’, उनले नागरिक न्यूजसँग भने , ‘पहिरोले बाटो भत्काएपछि कतिपय ठाउँमा डोरीको सहयताले हिड्नु पर्ने अवस्था पनि छ । अधिकाशं ठाउँको बाटो नै खालाले काटेको छ । डोरीले समात्दै २५–३० किलोमिट बाटो पदैल हिड्यौं । एक दिन भन्दाबढी पैदल हिडेर अपर मनाङ पुगेर योजनाको अनुगमन गर्र्यौं ।’  

उनका अनुसार यस क्षेत्रको दैनिक हिड्ने बाटो भत्किएपछि अधिकाशं गाउँको सम्पर्क विच्छेत भएको छ । ‘थाङसारदेखि बेसीसहर सम्म पुग्न १० घण्टा लाग्छ। अधिकाशं स्थानका सडक, पक्की पुल, झोलुङ्गे पुल, काठे पुल समेत बगाएको छ’, उनले भने ।  त्यस्तै खाद्य सामग्रीको समेत अभाव हुन थालेको उनले बताए ।  

‘नासो गाउँपालिका लगायत अन्य गाउँहरुमा खाद्यन्नका अभाव हुन थालेको छ । यस क्षेत्रका नागरिका सूचनाको पहुँचभन्दा बाहिर छन् । एक गाउँबाट अर्काे गाउँमा प्रत्यक्ष सम्पर्कका लागि एक दिन हिडेर पुग्नु पर्ने बाध्यता छ’, उनले भने ।  

त्यस्तै नदीको बहाव बढ्दै गएकोले चामेबजार थप जोखिममा परेको छ । चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन मस्र्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । झोलुङे पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ ।  

‘निरन्तर वर्षाका कारण माटो गल्दै गएपछि पहिराको जोखिम बढेको छ । बस्ती बस्ने ठाउँ केही बाढीले बगाइसकेको छ, केही भाग अति जोखिममा छन्’, उनले भने ।  

गत जेठ १४ गतेदेखि नै बाढीपहिरोका कारण सडक तथा पुलमा आंशिकरुपमा क्षति पुगिसकेको थियो । वर्षापछि आएको बाढीपहिराका कारण झण्डै दुई सातादेखि जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध छ ।  

प्रकाशित: १६ असार २०७८ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App