१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट घाइते

चितुवाको आक्रमणमा परेर स्याङ्जाको गल्याङ नगरपालिका–७ का ३८ वर्षीय लालबहादुर विक घाइते भएका छन्।  

स्थानीय खड्कबहादुर गाहाको बंगुरको खोरमा पसेको चितुवाले बंगुरका तीन वटा पाठापाठी मार्नुका साथै मानिसलाई समेत घाइते बनाएपछि वन कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बंगुरको खोरमा पसेको चितुवाले मान्छेलाई समेत आक्रमण गर्न थालेपछि थप क्षति नहोस् भनेर चितुवालाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।  

घाइते विक गल्याङ नगर अस्पतालमा उपचारपछि घर फर्किएको र गोली लागेर मृत्यु भएको चितुवालाई वन कार्यालयका कर्मचारीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

प्रकाशित: १३ असार २०७८ १५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App