१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चोक मिचेर बनाइएको खुड्किला भत्काइयो

भक्तपुर नगरपालिकाले नगरको जेल्लामा सार्वजनिक चोक मिचेर व्यक्तिले बनाएको खुड्किला भत्काइ दिएको छ । भक्तपुर नगरपालिका वडा नं ८ जेल्ला (लानतले) बस्ने सत्यनारायण प्रजापतिले चोक मिची बनाएको खुड्किला मंगलबार नगरपालिकाका कर्मचारीहरुले भत्काइ दिएका हुन् ।

कर्मचारीहरुले खुड्किला भत्काई ढुङ्गासमेत जफत गरी लगेका छन् । अनियमित गरी निर्माण गर्न लागेकोमा स्थानीयहरुसमेत आक्रोशित थियो । स्थानीयको गुनासोपछि नगरपालिकाका अनुगमनका कर्मचारीहरु गएर खुड्किला भत्काइ दिएका हुन् ।  

प्रजापतिले उक्त स्थानमा रहेको किता नं ५१५ र ५४१ क्षे.फ. ०–१–१–२ भएको पुरानो घर भत्काई नगरपालिकामा नक्सापास गरी नक्साभन्दा अदलबदल गरी चोक मिच्ने गरी खुड्किला बनाउन लाग्दा अघिल्लो दिन नबनाउन अनुरोध गर्न गएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए । उक्त अनुरोधलाई अटेर गरेकोले नगरपालिकाका वडा निरीक्षकहरु, ड्राइभर र हेल्पर कर्मचारीहरुसमेत गई खुड्किला भत्काई त्यहाँ रहेको ढुंगासमेत जफत गरेको वडा नं ८ का निरीक्षक आशराम सुवालले बताए ।

प्रकाशित: १८ जेष्ठ २०७८ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App