बुद्धको जन्मथालो लुम्बिनीमा कोरोना महामारीको अन्त्यको कामना गर्दै २५६५ औं बुद्धजयन्ती मनाइएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै भिक्षुहरुले पूजापाठ गरेका छन् ।
वैशाख पूर्णिमाको दिन बुद्ध जन्मेको, बोधिज्ञान प्राप्त गरेको दिनको रुपमा लिइन्छ । बौद्ध धर्मावलम्वीहरुले महामारीबाट छुटकारा पाउन पाठ गर्ने रतन सूत्र पाठ पनि गरेका थिए । नेपालसँगै संसारले छिटै कोरोना भाइरसबाट मुक्ति पाओस् भन्दै शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो । करिब ३० जना भिक्षु, भिक्षुणी, लामागुरु र गुरुमाले प्रार्थना गरेका थिए । भिक्षुहरुले मास्क फेससिल्डसमित स्वास्थ्य सर्तकता अपनाएर पूजापाठ गरिएको थियो ।
भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले शिल प्रदान गरेका थिए । कार्यक्रममा प्रम केपी ओलीले दिएको शुभकामना सन्देश पनि भिडियो मार्फत देखाईएको थियो । पर्यटन मन्त्री भानुभक्त ढकालले पठाएको शुभकामना सन्देश लुम्बिनी विकास कोष सदस्य सचिव सानुराज शाक्यले पढेर सुनाएका थिए । कोरोना संक्रमणबाट मुक्ती पाओस् भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रतन सुत्र पाठ गरिएको भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले बताए ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बुद्ध शिक्ष अहिले पनि उत्तिकै सान्र्दभिक रहेको बताए । उनले बुद्धका शिक्षालाई मनवजातिले अनुसार गर्नु पर्ने बताए । उनलेबुद्धका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको यसलाई अनुसशरण गरेर मानव कल्याण र विश्व शान्तिका लागि उपायोग गर्नु पर्ने बताए ।
प्रकाशित: १२ जेष्ठ २०७८ ११:४० बुधबार