१२ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

धनकुटामा रुखले किचेर दुई जनाको मृत्यु

धनकुटामा मंगलबार रुखले किचेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सहिदभुमि गाउँपालिका ३ छिन्ताङ दलाहाङ टोलका ४२ वर्षका नारायण कुमार राईको मृत्यु भएको हो। विरेन्द्र राईको जग्गामा रहेको चिलाउनेको रुख काटेर ढाल्ने क्रममा रुख तान्दै गर्दा रुखले किचेर उनको घटना स्थल मै मृत्यु भएको शहिदभुमि गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए।

त्यसैगरी धनकुटाको महालक्ष्मी नगरपालिका ७ बस्ने ३४ वर्षका पुर्ण कुमार तुम्वाको मृत्यु भएको छ। रुद्रमणि राईको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख ढलेर रुखले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी जितपुरले जनाएको छ। मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोष्ट मार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०७८ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App