६ वैशाख २०८१ बिहीबार
समाज

सेती अस्पतालमा ८ जना संक्रमितको मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमणले सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार लम्कीचुहा नगरपालिका ७ का ४५ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका २ का ३३ वर्षीय पुरुष, उपमहानगरपालिका ४ का ५१ वर्षीय पुरुष, वडा नम्वर ४ कै ५६ वर्षीय पुरुष, गोदावरी नगरपालिका २ का ७३ वर्षीय पुरुषको कोराेना संक्रमणले मृत्यु भएको छ । यसैगरि कंचनपुर पुनर्वास नागरपालिका ६ का ३८ वर्षीया महिला, बेलौरी नगरपालिका ११ का ३८ वर्षीय पुरुष र दार्चुलाको मार्मा गाउँपालिका ५ का ४० वर्षीय पुरुषको कोराेना संक्रमणले ज्यान गएको छ ।  

सेती प्रादेशिक अस्पतालमा १ सय १७ जनाको ज्यान गैसकेको छ । वैशाख महिना यता मात्र ८६ जना संक्रमितको ज्यान अस्पतालमा गएको उनले बताए । ज्यान जानेमा युवा उमेरका र ५० वर्षमुनिका बढी रहेको उनको भनाइ छ । कोराेनाको पहिलो लहरको संक्रमणले ३२ जनाको मात्र ज्यान गएकोमा दोश्रो लहरको कोराेनाले एकै महिनामा ८६ जनाको ज्यान गैसकेको छ । ‘यो दोश्रो लहरको कोरानाको संक्रमण र मृत्युदर धेरै बढी छ’, उनले भने । 

संक्रमितको चापले सेती प्रादेशिक अस्पतालका शैया, आईसियु सेन्टर र भेन्टिलेटर भरिभराउ भएका छन् । सेती प्रादेशिक अस्पतालमा ९८ जना संक्रमित भर्ना छन् । २ भेन्टिलेटर, १६ आईसियुमा, अक्सिजन सपाेर्टमा ८० संक्रमित राखिएको उनले बताए । संक्रमितहरुको बढ्दो चापसँगै यहाँका अस्पतालमा अक्सिजनको हाहाकार भएको छ । 

अक्सिजन नपाएर संक्रमित छट्पटिरहेका छन् । कयौंले अक्सिजन नपाएर नै ज्यान गुमाईरहेका छन् । अक्सिजनको चरम अभावले संक्रमितको उपचारमा समस्या भैरहेको चिकित्सकले बताएका छन्।  

प्रकाशित: ३१ वैशाख २०७८ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App