१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आइसोलेसन बन्यो, सञ्चालनमा आएन

तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमतिहरुको उपचारका लागि भन्दै ५० बेडको आइसोलेसन तयार गरे पनि सञ्चालनमा आउन सकेको छैन।

अक्सिजन अभावमा उपमहानगरपालिकाले बनाएको आइसोलेसन सञ्चालनमा नआएको हो। उपमहानरका मेयर घनश्याम पाण्डेले आइसोलेसन तयार रहे पनि अक्सिजन नहुँदा बिरामी राख्न नसकिएको बताए।

मेयर पाण्डेले उपमहानगरले आवश्यक अक्सिजन खोजी गरिरहेको जानकारी दिए। उनले  आइसोलेसनका लागि नभई बेलझुण्डिस्थित कोरोना बिशेष अस्पतालका लागि अक्सिजन जोहो गरिरहनु परेको। ‘कोरोना बिशेष अस्पतालका लागि अक्सिजनको अभाव छ, हामीहरुले अस्पतालका लागि अक्सिजन खोजेर पठाइरहेका छौँ, अक्सिजन पर्याप्त भयो भने मात्रै आइसोलेसन सञ्चालनमा आउँछ।’मेयर पाण्डेले भने।

यस्तै राजपुर गाउँपालिकाले बनाएको बीस बेडको आइसोलेसनको अवस्था पनि तुलसीपुरको जस्तै छ ।त्यहाँ पनि अक्सिजन अभाव हुँदा बिरामीहरुलाई आइसोलेसनमा राख्न नसकिएको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए । ‘आईशोलेशन तयार पार्यौँ, तर अक्सिजन अभावमा बिरामी राख्न सकिएको छैन,’ अध्यक्ष केसीले भने ‘हामीहरुले बिरामीहरुलाई लमहीस्थित आइसोलेसनमा पठाइ रहेका छौँ।’  

यो समस्या जिल्लाका अधिकांश पालिकाहरुमा रहेको छ।

प्रकाशित: २५ वैशाख २०७८ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App