१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

आठ पत्रकारसहित ११ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले जिल्लाका ८ पत्रकारलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । ग्रामीण पत्रकारितालाई मजबुद बनाउने लक्ष्य बोकेर २०७५ साउन ४ गतेबाट प्रकाशन सुरु गरिएको तुवाचुङ साप्ताहिकले तेश्रो वार्षिकोत्सवको अवशरमा पत्रकार भीम राई, डम्बरसिं राई, दिलिप खत्री, हरिबोल आचार्य, टिवन राई, शर्मिला विश्वकर्मा, पवन चाम्लिङ राई र सुजन राईलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । 

तुवाचुङ साप्ताहिक सञ्चालक समितिको शुक्रबार बसेको ‘जुम मिटिङ’ले जनही १५ हजार राशीको तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार पाउने पत्रकारको टुंगो लगाएको हो । हरेक वर्ष जिल्लाका क्रियासिल पत्रकारलाई प्रदान गरिने पत्रकारिता पुरस्कार पत्रिकाको स्थापना दिवसको अवसर पारेर आगामी साउन ४ गते प्रदान गरिने तुवाचुङ साप्ताहिक पत्रिकाका प्रकाशक÷सम्पादक दीपेन्द्र राईले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।  

जनपक्षीय र ग्रामीण पत्रकारितालाई मूल मुद्धा बनाउँदै आएको तुवाचुङ साप्ताहिकले यसवर्ष १५/१५ हजार राशीको तुवाचुङ साप्ताहिक भाषिक तथा साहित्यिक पुरस्कारबाट तिलक चाम्लिङ, तुवाचुङ साप्ताहिक शैक्षिक पुरस्कारबाट नवीन चाम्लिङ र तुवाचुङ साप्ताहिक समाजसेवी पुरस्कारबाट राकेश परियालाई पुरस्कृत गर्ने घोषणा गरेको छ । २०७७ सालमा पत्रकार दीपक राई, रामधन राई, सूर्य तामाङ, चिसाङ शेर्पा, नवीन चाम्लिङ राई, असल चरित्र र शिवकुमार राईलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार र इन्द्र चाम्लिङलाई तुवाचुङ साप्ताहिक युवा उद्यमी पुरस्कार प्रदान गरिएको थियो । यस्तै, २०७६ सालमा पत्रकार दमन राई, केदार मगर र उत्तम चौंलागाईंलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, जनकराज राईलाई तुवाचुङ साप्ताहिक समाजसेवी पुरस्कार, विक्रम चेतनशील राईलाई तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार र शेशुका राईलाई तुवाचुङ साप्ताहिक खेलकुद पुरस्कार प्रदान गरिएको थियो ।  

‘आवाजविहीनको आवाज’ बन्ने नारा लिएर हलेसी तुवाचुङ नगरपालिकालाई प्राथमिकताको क्षेत्र बनाएर प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिकले तुवाचुङ डटकम अनलाईन सञ्चालन गर्दैआएको छ । तुवाचुङ साप्ताहिकले समाजमा भइरहेका बिकृति, बिसंगती र बेतिथिका बिरुद्ध शसक्त कलम चलाउँदै आएको छ । विशेषगरी भ्रष्टाचार र अनियमिताको नालीबेली सहित भण्डाफोर गर्नमा तुवाचुङ साप्ताहिकले जिल्लामा छुट्टै पहिचान स्थापित गरेको पाठकको प्रतिक्रिया छ ।

प्रकाशित: २५ वैशाख २०७८ ०४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App