१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

टिप्परको ठक्करबाट ५२ वर्षीया महिलाको मृत्यु

टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ।  

मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।  

शुक्रबार बिहान सिमेन्ट उद्योगको चुन ढुङ्गा बोकेर घोराहीतर्फ जाँदै गरेको रा१प १२९३ नम्बरको टिप्परले घोराही रोल्पा सहिदमार्गअन्तर्गत बाह्रकुने दह नजिक निजलाई ठक्कर दिएको हो।

टिप्पर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ चैत्र २०८२ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App