६ वैशाख २०८१ बिहीबार
समाज

कोहलपुर उद्योग वाणिज्य संघले दियो १८ थान सिलिण्डरसहित अक्सिजन

सिलिण्डरसहितको अक्सिजन हस्तान्तरण गर्दै संघका पदाधिकारी । तस्बिर : नागरिक

कोरोना संक्रमितको उपचारका लागि कोहलपुर उद्योग वाणिज्य संघले अस्पताललाई अक्सिजन सहयोग गरेको छ। कोहलपुर नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पताललाई संघले १८ थान सिलिण्डरसहितको अक्सिजन सहयोग गरेको हो। 

संघका अध्यक्ष लक्ष्मणराज पौडेलले कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत र उपप्रमुख सञ्जुकुमारी चौधरीलाई अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरे। संघले दुई दिनअघि ७ थान, सोमबार १ थान र मंगलबार १० थान गरी १८ थान अक्सिजन सहयोग गरेको अध्यक्ष पौडेलले जानकारी दिए।  

संघले कोरोना महामारीको जोखिममा रहेका प्रहरीलाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् डिएसपी रबिन्द्र खनाललाई संघका अध्यक्ष पौडेलले थर्मलगन, पिपिई, सेनिटाइजर, मास्क, फेसशिल्ड, ग्लोब्स हस्तान्तरण गरेका हुन्। संघले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ब्यापार, ब्यवसाय गर्नका लागि सचेतना मुलक प्रचार प्रसारका साथै दूरी कायम राख्न गोलो चिन्ह लगाउने अभियान पनि सञ्चालन गरेको अध्यक्ष पौडेलले बताए।

प्रकाशित: २१ वैशाख २०७८ १५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App