२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पूर्वरानी कोमल शाह आइसियूमा

फाइल तस्बिर

कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएको छ। उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।  

‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ’, नर्भिक अस्तालले भनेको छ ।  

चारदिन अघि कोभिड–१९ संक्रमण देखिएपछि नर्भिक अस्पतालमा पूर्व राज दम्पती र छोरी प्रेरणालाई भर्ना गरिएको थियो ।

प्रकाशित: १६ वैशाख २०७८ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App