२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

दसैँ अवधिमा कर्णालीमा ५१ सवारी दुर्घटना, छ जनाको मृत्यु

फाइल तस्बिर

कर्णाली प्रदेशमा दसैँको १२ दिनको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन्। यि दुर्घटनामा छ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालका अनुसार चार जना पुरुष, एक महिला र एक बालकको यो अवधिमा मृत्यु भएको हो। दुर्घटनामा एक सय ३२ जना घाइते भएका छन्। घाइतेमध्ये ५६ जना गम्भीर छन् भने ७६ जना सामान्य अवस्थामा रहेको उनले जानकारी दिए।

प्रहरीका अनुसार सुर्खेतमा १९ वटा सवारी दुर्घटना भएका छन्। यहाँ एक जना पुरुषको मृत्यु भएको छ भने १२ जना पुरुष, तीन महिला, तीन बालक र एक बालिका गरी १९ जना गम्भीर घाइते बनेका छन्।  

सल्यानमा छ वटा सवारी दुर्घटना भएका छन्। सल्यानजमा तीन जनाको मृत्यु हुनुका साथै आठ जना गम्भीर घाइते भएका छन् भने रुकुम पश्चिममा भएका १० वटा सवारी दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका छन् भने १४ जना सामान्य घाइते भएका छन्।

जाजरकोटमा चार वटा सवारी दुर्घटना भएका छन्। यहाँ एक जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन्। दैलेखमा भएका चार वटा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। कालिकोटमा तीन वटा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।  

जुम्लामा चार वटा सवारी दुर्घटना भएका छन्। यहाँ आठ जना घाइते भए भने हिमाली जिल्ला डोल्पामा एक दुर्घटना हुँदा एक जना घाइते भएका छन्। यो अवधिमा हुम्ला र मुगुमा भने कुनै दुर्घटना नभएको उनले जानकारी दिए।

प्रकाशित: १९ आश्विन २०८२ १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App