८ वैशाख २०८१ शनिबार
समाज

बिरामीको खुसीको लागि जग्गा दान दिए : रविन्द्रलाल चौधरी

नागरिक नायकबाट सम्मानित सिराहस्थित सगरमाथा आँखा अस्पतालका अध्यक्ष  रविन्द्रलाल चौधरीले विरामीको खुसीको लागि जमिन दान दिएको बताएका छन् । नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा चौधरीले उपचार पाएका विरामीको हसिलो अनुहारले आफुलाई खुसी दिएको सुनाए ।  

‘उपचारपछि विरामीको अनुहारमा आएको  उज्यालोले  मलाई खुसी दिएको छ,’ उनले भने, ‘त्यहि खुसीको लागी अहिलेसम्म लागि परेको हु  । पैसा बिना कोही अन्धो हुन नपरोस भन्ने आफुहरुको चाहना रहेको बताउँदै उनले गरिवीको कारण कसैले अध्यारो जीन्दगी जिउनु नपर्ने अवस्था अस्पतालमा बनाएका छौ ।  

विद्धान र रोगीको कुनै सिमा र देश नहुने बताउँदै अस्पतालमा आउनदे स्वदेशी तथा विदेशीको उपचारमा कुनै विभेद नराखिएको उनले बताए ।‘पहाड तराई मात्र हैन  छिमेकी मुलुकका विरामी पनि यहाँ आउछन्,’ उनले भने, ‘अझ पछिल्लो समय त हामीले घर घर पुगेर समेत सेवा दिन थालेका छौ ।’  

प्रकाशित: ११ वैशाख २०७८ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App