२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

ब्राउनसुगरसहित युवा पक्राउ

लागुऔषध न्यूनिकरण अभियानमा पछिल्लो समय सफलता पाउँदै गएको उदयपुर प्रहरीले फेरि अर्का युवालाई प्रतिबन्धित ब्राउनसुगर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले त्रियुगा नगरपालिका ३ का ३० वर्षीय गोपाल भन्ने गोविन्द बस्नेतलाई बिहीबार राति पक्राउ गरेको हो।  

झण्डै एक महिनाअघि त्रियुगा ११ को बाबारानी मार्गमा लागुऔषध कारोबार भईरहेको सूचनाका आधारमा खटेको प्रहरी टोलीले ४ ग्राम ब्राउनसुगरसहति २ जनालाई पक्राउ गरेको थियो। गत चैत १४ गते पक्राउ त्रियुगा ११ का ३२ वर्षीय दशरथ साह र २९ वर्षीय बिबश राईलाई हिरासतमा राखी अनुसन्धान गर्ने क्रममा बस्नेतको नाम जोडिए पनि फरार रहेकाले खोजी गर्ने क्रममा उनी पक्राउ परेका हुन्।  

प्रहरीको आँखा छलेर भाग्दै आएका बस्नेतलाई विषेश टोलीले त्रियुगा ३ भुल्केस्थित चौतारामा बसिरहेको अवस्थामा राति १०ः३० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन्।

प्रकाशित: ११ वैशाख २०७८ ०८:२६ शनिबार

ब्राउनसुगर