८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

महिला पत्रकारलाई सामाजिक सञ्जाल जोखिमपूर्ण

महिला पत्रकारहरू आफूले सामाजिक सञ्जालमा फरक विचार राख्नेबित्तिकै नराम्रा म्यासेजले फेसबुक र ट्विटरका इन्बक्स भरिने गरेको बताउँछन्। उनीहरूका अनुसार पहिलेपहिले मौखिक अपमान सहनुपथ्र्याे, परिवर्तनका पक्षमा, समानता र समावेशिताका पक्षमा उभिँदा आसपासका आफन्त र छिमेकी वा परिचितहरूबाट दायरा नाघेको भन्दै चेतावनी आउने गथ्र्यो। अहिले दुव्र्यवहार गर्नेहरूलाई सजिलो भएको छ। डिजिटल सशक्तीकरण धन्य छ। डिजिटलाइजेसनका कारण दुई पक्षलाई आमनेसामने आउनुपर्दैन। दुव्र्यवहारकर्ताहरू अझ अश्लील र निर्मम हुँदै गएका छन्। महिलाविरुद्धका डिजिटल हिंसा बढिरहेका छन्। महिला पत्रकारहरूका अनुसार उनीहरूमाथि पनि यस किसिमका हिंसा भइरहेका छन्। पितृसत्ताविरुद्ध धार्मिक मान्यता र असमानताविरुद्ध समाचार लेख्दा मुलुकभरका दर्जनौं महिला पत्रकारहरूले धम्की पाउने गरेका छन्।

‘अन्तक्र्रियाहरूमा युवा महिला पत्रकारहरूलाई डिजिटल सुरक्षामा जोड दिने गरिएको छ। कतिपय गम्भीर प्रकृतिका गालीबेइज्जतीका घटनाहरू पनि रहेका छन्। हामीसँग महिला पत्रकारहरूमाथि भएका डिजिटल दुव्र्यवहारका वास्तविक तथ्यांकहरू छैनन्। तथापि उनीहरूले सार्वजनिक गरेका घटनाका आधारमा अवस्था चिन्ताजनक छ,’ नेपालभरका करिब १२ हजार महिला पत्रकारको छाता संगठन सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले भनिन्।

नेपाल पत्रकार महासंघका अनुसार कुल पत्रकारको १६ प्रतिशत अर्थात् १० हजार ९५ पत्रकारमध्ये १ हजार ६ सय १३ महिला छन्। तीमध्ये ४८ प्रतिशतले रेडियो र एमफम स्टेसनमा, ४१ प्रतिशतले छापा माध्यममा, १० प्रतिशतले टेलिभिजन र २ प्रतिशतले अनलाइन माध्यममा काम गर्छन्। त्यसमध्ये लगभग ४७ प्रतिशत महिला पत्रकारले नरम किसिमका सामाजिक मुद्दामा रिपोर्टिङ गर्ने गर्छन्। महिलाहरूको आबाजमा बन्देज लगाउन प्रयोग गरिने चरित्र हत्या महिला पत्रकारहरूमा पनि प्रयोग हुने पण्डित बताउँछिन्। सञ्चारिका समूहका अनुसार महिला पत्रकारहरूले सामाजिक सञ्जालमा फरक मत राख्दा उनीहरूका फेसबुक र ट्विटरका इन्बक्सहरू गालीगलौज गरेका म्यासेजले भरिने गरेका छन्।

‘मलाई दुव्र्यवहारका कारण सामाजिक सञ्जालमा फेक आइडी खोल्नुपर्ने बाध्यता भयो। जब सामाजिक सञ्जाल तपाईंको नजिकको मान्छे, अभिभावक वा परिवारका सदस्यहरू हुन्छन्, यस किसिमका दुव्र्यवहार व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुन्छ। यस्ता घटनाले हामीलाई मात्र असर गर्दैन,’ नेपाली दैनिक पत्रिकामा आबद्ध पत्रकार शिल्पा कर्णले भनिन्। ‘म मधेसबाट प्रतिनिधित्व गर्छु। यसले गर्दा हामीमाथि हुने दुव्र्यवहारका कारण र प्रकृति पनि केही फरक हुन्छ। जस्तो मैले जायज मुद्दामा कुनै पहाडेको पक्ष लिएँ भने ममाथि थप निसाना साँधिन्छ,’ उनले थपिन्। फेसबुक र ट्विटरमा दुईवटा आइडी चलाउनु कर्णका लागि दुई फरक जीवन बाँचेजस्तै हुन्छ। जब उनी एउटा आइडीबाट देखा पर्छिन्, शान्त देखिन्छिन्। अर्काेमा त्यसको ठीक विपरीत। उनी पुरुष पत्रकार भएको सामाजिक सञ्जालमा हुने यस किसिमका दुव्र्यवाहर पूर्ण अभिव्यक्तिहरू कम दुःखदायी हुने बताउँछिन्।

‘पत्रकारका रूपमा केही हदसम्म म निष्पक्ष र इमानदार हुनुपर्छ, जुन महिला र पुरुष दुवैमा लागु हुन्छ। तर म महिला भएका कारण आफ्नो छवि विपरीत गए मान्छेहरूले विभिन्न लाञ्छना लगाउन थाल्छन्। त्यसैले फेक आइडी सुरक्षित स्थान हो,’ उनले भनिन्। सञ्चारिक समूहका अनुसार कतिपय पत्रकारहरूको नाम प्रभावकारी व्यक्तिसँग जोडेर त्यसबापत उनीहरूले फाइदा लिएको आरोप लगाइन्छ। उनीहरूको व्यावसायिक क्षमताभन्दा पनि परिवार, श्रीमान् र चरित्रसँग जोडेर कुरा काट्ने काम गरिन्छ।  

‘मैले त्यो अनुभव गरेको छु। हाम्रो कडा मेहनत, धैर्य, क्षमतालाई बेवास्ता गरिन्छ। यदि हामी कतै सफल भयौं भने त्यसको जस हाम्रो बाहिरी सुन्दरतालाई र सम्बन्धलाई दिइन्छ। हाम्रो क्षमतालाई दिइँदैन। यो हास्यास्पद कुरा हो तर सत्य हो,’ पत्रकार तथा अधिकारकर्मी रीता परियारले भनिन्। ‘मलाई थाहा छैन, मान्छेहरूले कहिलेदेखि महिलाहरूलाई आफ्नो जीवन स्वतन्त्रतापूर्वक चलाउने व्यक्तिका रूपमा व्यवहार गर्न सुरु गर्छन्। पत्रकार होस् वा अन्य पेसाको होस्, समाजले उनीहरूबाट केही हदसम्म फरक व्यवहारको अपेक्षा गर्छ। उनीहरूलाई दिने स्वतन्त्रता साँघुरो रहेको छ,’ उनले भनिन्। उनी दलित, महिला, सीमान्तकृतलगायतको न्यायका लागि आबाज उठाउँदा कैयौंपटक डिजिटल दुव्र्यवहारको सिकार भएकी छन्। मानिसहरू उनलाई कुनै उत्तेजित सन्देश दिनुभन्दा पहिले सामाजिक सद्भाव कायम गर्न चेतावनी दिने गर्छन्।  

‘सामान्य चिन्ताहरूप्रति मैले जबाफ दिँदैन। तर जब भद्दा किसिमका गालीहरू आउँछन्, म उनीहरूलाई ब्लक गर्छु,’ उनले भनिन्। आवश्यक परे महिलाहरूले प्रहरीमा विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता गर्न पछि पर्न नहुने उनको तर्क छ। महिला पत्रकारहरूका लागि डिजिटल हिंसासम्बन्धी मुद्दामा पत्रकार महासंघबाट सहयोग हुने गरेको छ। पण्डित यस किसिमका आक्रमण महासंघ वा यस्तै किसिमका संगठनले मात्र पनि सम्हाल्न कठिन हुने बताउँछिन्।

प्रकाशित: २४ फाल्गुन २०७७ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App