१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकलकाे ठक्करबाट दाङमा एक स्कुले विद्यार्थीको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा दाङमा एक स्कुले विद्यार्थीको मृत्यु भएको छ। विद्यालयबाट पढाई सकेर घर फर्किने क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १७ सिस्ने खोलाकी १५ बर्षिया अमृता आचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। उनि घोराही स्थित हिन्दु विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययनरत थिइन्।

उनी पैदल घर जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो। विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा ४ प ७७४ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पिताम्बर रिजालले जानकारी दिए।  

प्रकाशित: १७ फाल्गुन २०७७ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App