१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आगोले बस्ती खरानी भएपछिको पीडा, न घर न पाल

जुम्ला तिला गाउँपालिका ७ गोठीगाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो। बलिरहेको आगो निभाउने न पानी थियो, नत कुनै अन्य उपाय।  आगलागी भएको टुलुटुलु हेरिरहनुको विकल्प थिएन। हेर्दा खेर्दै बस्ती खरानी बन्यो।  त्यो बस्तीमा अहिले स्थानीय जान पनि डराउने अवस्था छ। जहाँतही आगोले ढडेको कालो मात्रै छ। घर भित्र रहेका अन्तपात, लत्ताकपडा र बस्तुभाउ सबै जले। उज्यालो हुदैँ आगो लागेको कारण मानवीय हुन सकेन।  

आगालागी भएको महिना दिन वित्यो। तर  अग्नी पीडितको आभाष निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। राहत र उद्धारका कार्य भइराखेका छन। स्थानीय पर्बलाल रोकाया भन्छन,“अब हामीलाई आवास चाहियो। आफ्नै घरभित्र बसेर शान्तिको सास फेर्न चाहान्छौँ।”  

आगोले बस्ती खरानी भएपछि गोठी गाउँबासी सबै निराश छन। मानवीय क्षति त भएन। तर मानव बाँच्न चाहिने अन्नपात, लुगाकपडा सबै जले, उनले भने,“यति जलेपछि बाँच्नुको कुनै औचित्य छैन। गाउँ नै खरानी भएको देख्दा उदेक लागेर आउने गर्छ। ”

अहिले विभिन्न दातृ निकाय, सरकार, व्यक्ति संघसंस्थाले दिएको राहतले काम चलिरहेको छ। तर त्यो लामो समयसम्मको समाधान होइन। पर्वलालले भने,“अग्नी पीडितको दिर्घकालिन समाधान भनेको त आवास निर्माण हो। आवास निर्माणमा सरोकारवालाको चासो हुनु पर्यो।”

अल्पकालिन समस्य समाधानका लागि गृहमन्त्रालयबाट टेण्ट आइपुगेको पनि एक महिना पुग्न लागिसक्यो। तर तिला गाउँपालिकामै थन्किएका छन्। पर्वलालले राहत लिएर नाग्म बजार पुगेका प्रमुख जिल्ला अधिकारी थापा समक्ष भने,“अल्पकालि समाधानका लागि पाल पुगेको छ भन्ने सुनेका छौँ। न देखेका छौँ। न पाएका छौँ। एक पटक लिइसकेपछि पाल फिर्ता गर्नु पर्छ भनेर गाउँपालिकाले भनेको छ। यो बिषयमा पहल गरिदिनु पर्यो।”

उनले अग्नी पीडितका लागि आएको पाल तत्काल उपलब्ध गराउनको लागि आग्रह गरे। जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा गृहमन्त्रालयले ३१ वटा पाल पठाएको थियो।त्यो पाल सिँधै विपद व्यवस्थापन समितिमा पुग्नु पर्ने हो। तर स्टार पनि भएको र भाडा लगायतका बिषयलाई ख्याल गर्दै गाउँपालिकामा राख्न लगाइयो, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,“त्यो पाल तत्काल अग्नी पीडितले पाउनु पर्ने हो। नपाएको देखियो। अब उपलब्ध गराउनको लागि आग्रह गर्दछु।”

अग्नी पीडितका लागि ३१ वटा पाल आएका छन। विश्व खाद्य कार्यक्रमले गृहमन्त्रालयको समन्वयमा पठाएको पाल अग्नी पीडितले पाउन नसक्नु दुखद पक्ष हो। पाल दिएको बारेमा रिर्पोट मागिरहेको छ। लस्करै पाल टाँगेको फोटो मागिरहेको छ। उनले भने,“गाउँपालिकाको ढिलासुस्तीले दिन सकिएको छैन।”

प्रमुख जिल्ला अधिकारी थापाले अग्नीपीडितको घर निर्माणको लागि पहल भइरहेको बताए। उनले भने,“संघ र प्रदेश कसले घर बनाइदिने भन्ने बिषयमा सामान्य समस्या त छ। तर दोहोरो नपर्ने गरि अग्नी पीडितका घर बनाइदिन्छौँ।” यो बर्ष नै घर निर्माण हुनुपर्छ भन्ने मान्यता रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए।  

तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बढाले अग्नी पीडितको घर जसरी पनि बनाइदिने बताईन। उनले भनिन्,“कर्णाली प्रदेश सरकार संग जाँदा अग्नी पीडितका घर बन्छन भनेर सन्देश लिएर जानु भनिएको छ। त्यही भएर ढुक्क छौँ। संघीय सरकार संग पनि पहल गर्छौ। यदि कुनै पनि ठाउँबाट घर बनाउने अवस्था नआएको खण्डमा स्थानीय सरकारले पनि घर निर्माणमा साथ दिन्छ। ढुक्क हुनुहोला।”

अग्नी पीडितको राहतका लागि चौतर्फी पहल भईरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। उनले भने,“अग्नी पीडितका घर बन्छन। सबै निकायसँग कुराकानी भइरहेको छ। गाउँपालिकामा थन्किएको पाल पनि छलफल गरेर पठाउने वातावरण सिर्जना हुन्छ। ढुक्क हुदा हुन्छ। ”

गत माघ १३ गते आगोले लागेको थियो। आगोले जलेर ३१ घर नष्ट भएका छन।  

 

 

 

 

 

 

प्रकाशित: १७ फाल्गुन २०७७ ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App