१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

युवकको हत्या (अपडेट)

सोधपुछका लागी १४ जना नियन्त्रणमा

कैलालीको गोदावरी नगरपालिका वडा नं ५ मा एक युवकको हत्या गरिएको छ । गेटा आँखा अस्पताल नजिकै पसल संचालन गर्दै आएका अन्दाजी ३६ बर्षिय शिव चरण रानाको शनिवार बिहान हत्या भएको प्रहरीले जनाएको छ । पसलवाट बिहान ४ बजेतिर साईकिलमा भैसिको ‘दुध दुहुन’घर जान गएका राना गेटा मेडिकल कलेज नजिकै निर्माणाधिन नालामा मृत फेला परेका थिए । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले प्रारम्भीक अनुसन्धान अनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए । टाउँकोको दुई ठाउँमा ठूलो चोट लागेको छ । पसल बन्द गरेर घर खाना जाने राना शुक्रवार साँझ घर नगएर पसलमै सुतेको उनकी श्रीमती सुगुनी रानाले बताइन् । रानाको हत्याको अनुसन्धानका क्रममा १४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको प्रहरी उपरिक्षक जवराले बताए । ‘कुनै न कुनै रुपमा राना सँग जोडिएका १४ जना सँग सोधपुछ भैरहेको छ’उनले भने । तर अहिले सम्म हत्या गर्ने व्यक्ती पत्ता लाग्न सकेको छैन ।  तालिम प्राप्त कुृकूर पनि घटनास्थल लगिएको थियो।  

प्रकाशित: १५ फाल्गुन २०७७ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App