१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

सल्यानमा ठूलो परिणाममा अवैध जडीबुटी बरामद

सांकेतिक तस्बिर।

सल्यानको बनगाढ कुपिण्डे नगरपालिका–१, सल्ली बजारबाट प्रहरीले ठूलो परिणाममा अवैध जडीबुटी बरामद गरेको छ। जाजरकोटबाट नेपालगन्ज जाँदै गरेका ना८ख ५४३ र ना४ख ६४१३ नम्रबका दुईवटा ट्रकबाट प्रहरीले उक्त जडीबुटी बरामद गरेको हो।

कालीकाठको दाना चार सय केजी, पदम चाल्ना दुई हजार केजी, पाखनवेद एक हजार केजी, लोक्ता पाँच सय केजी र बोजोको जरा पाँच सय केजी अवैधरुपमा ओसारपसार गर्दै गर्दा प्रक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १३ फाल्गुन २०७७ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App