१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

पूर्वसभामुख ढुंगानाको दाबी–प्रत्यक्ष र समानुपातिक सांसद सँगै राखेर संसद प्रभावकारी हुन्न

फाइल तस्बिर

पूर्व सभामुख दमननाथ ढुङ्गानाले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरूलाई एउटै संसदमा राखेर संसद प्रभावकारी बन्न नसक्ने बताएका छन्।

आइतबार  संसद भवनमा ६६ औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन। उनले  समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएको बताउँदै समावेशिता कहाँ राख्ने भन्ने कुराको यकिन हुन आवश्यक रहेको बताए ।

पूर्व सभामुख ढुङ्गानाले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बराबर समावेशी सदस्यहरू भएको संसद बराबर हुनै नसक्ने धारणा राखे। उनले महिलाहरूको लागि छुट्टै, जनजाति, मधेसी, थारुहरूका छुट्टै प्रत्यक्ष निर्वाचन स्थल बनाउन जरुरी रहेको  बताए। पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको राजनीति सबैलाई प्रधानमन्त्री नै हुनुपर्ने किसिमको रहेको धारणा राखे । 

प्रकाशित: १६ असार २०८१ १५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App