२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित

फाइल तस्वीर

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन्।

आर्थिक वर्ष २०७५/७६ देखि कार्यक्रम लागू भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तवले बताइन्। उनका अनुसार यस अवधिमा उक्त कार्यक्रमबाट छ करोड ३४ लाख ७१ हजार चार सय रूपैयाँ खर्च भएको छ।

आव २०७५/७६ मा स्वीकृत ४३ लाख बजेटबाट चार सय ४१ जनाले औसतमा ३० दिन रोजगार पाएका थिए। यस्तै आव २०७६/७७ मा ७१ लाख ८० हजार रूपैयाँ  बजेटबाट चार सय ५० जनाले २८ दिन, आव २०७७/७८ मा दुई करोड ४६ लाख ६१ हजार रूपैयाँ बजेटबाट सात सय ७२ व्यक्तिले ५७ दिन, आव २०७८/७९ मा दुई करोड ५८ लाख १४ हजार रूपैयाँ स्वीस्कृत बजेटबाट आठ सय ८९ व्यक्तिले ७४ दिन रोजगार प्राप्त गरेका रोजगार संयोजक श्रीवास्तबले बताइन्।

आव २०७९/८० मा एक करोड ८९ लाख २४ हजार रूपैयाँ बजेटमा तीन सय ६७ व्यक्तिले ७९ दिन र चालु आव २०८०/८१ मा रु ५८ लाख २५ हजार बजेटबाट ९२ व्यक्तिले ९० दिन रोजगार प्राप्त गरेको उनले बताइन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गोरेटो बाटो, खेलकुद मैदान निर्माण, घेराबार लगायतका काम भएका छन्। कार्यक्रमबाट स्थानीयवासीलाई आर्थिक रुपमा सहज भएको नगरपालिकाले जनाएको छ। 

प्रकाशित: १८ असार २०८१ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App