८ असार २०८१ शनिबार
image/svg+xml
समाज

महानगरको विपद् पोर्टल सञ्चालनमा

तस्बिरः विनोद सुवेदी / नागरिक

विराटनगर महानगरपालिकाले विपद् पोर्टल सञ्चालनमा ल्याएको छ । बुधबार महानगरमा एक कार्यक्रमको आयोजना गरी पोर्टल सञ्चालनमा ल्याएको हो । पोर्टलको विराटनगर महाननगरपालिकाका मेयर भीम पराजुलीले शुभारम्भ गरेका थिए। विपद्का सूचना पोर्टल मार्फत सजिलै उपलब्ध गराउने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको मेयर पराजुलीले बताए । 

विराटनगर महानगरपालिकाले पनि विपद् जोखिम न्यूनिकरणको गुरु योजना नै तयार पारेको मेयर पराजुलीले बताए । उनका अनुसार महाननगरपालिकाले गुरु योजना हनुसार नै विपद् न्यूनिकराण्को काम अघि बढाउने तयारी पनि गरेको छ । उनले भने‘विपद् व्यवस्थापन गुरुयोजना अनुसार विपद् न्यूनिकरणको काम अघि बढाउने हामीले तयारी गरेका छौं ।’ पराजुलीले गुरुयोजना अनुसार जोखिम क्षेत्र र खोला किनाराका बस्तीहरूलाई स्थानान्तरण गर्ने, खोला छेउमा बसोबास गर्न नदिने, आगलागि र प्रदुषण न्यूनिकरणलाई पनि ध्यान दिइने जानकारी दिए ।

महानगरपालिकाको पोर्टल विपद् जोखिम न्यूनिकरण तथा राष्ट्रिय एकीकृत सूचना प्रणालीसँग पनि जोडिएको छ । महानगरपालिकाले सञ्चालनमा ल्याएको पोर्टलबाटै देशभर र स्थान विशेषको विपद् सम्बन्धी सूचनाहरूसमेत प्राप्त गर्न सकिने विज्ञ प्रदिप खतिवडाले जानकारी दिए ।  

प्रकाशित: ५ फाल्गुन २०७७ ११:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App