२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भागरथी हत्या प्रकरण : अपराधी भुगोलबारे जानकार छन् (अपडेट)

भागरथी हत्या प्रकरण

क्याप्शन –छोरीको हत्याले आमा द्रौपतीका आखाँ ओभाएका छैनन्, शोकमा रहेकी भागरथीको आमा । तस्विर बिरा गडाल

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार पछि हत्या भएको १२ दिन हुदाँ पनि दोषी पत्ता लाग्न सकेको छैन । तालिम प्राप्त कुकूरले अपराधी भागेको बाटो पछ्याउदै कच्ची सडक सम्म पुगेको थियो । कुकूरले पछ्याएको अपराधीले भाग्न प्रयोग गरेको बाटो हेर्दा अपराधी भुगोलको वारेमा राम्रो जानकार रहेको र चलाकीपुर्ण तरिकाले हत्या गरेको देखिएको छ । माघ २१ गते हराएकी भागरथीको दोश्रो दिन साँझ ५ बजे शव फेला परेको थियो । शव फेला परेपनि घटनास्थल पुगेको प्रहरी टोली र स्थानियले उनको मोवाईल फेला पार्न सकेको थिएन् ।

धनगढी वाट गएको तालिम प्राप्त कुकुरले माघ २३ गते शव भन्दा पुर्व तर्फ अर्थात खोचलेक बजारतर्फ करिव २५ मिटरको दुरीमा व्याट्री, कभर र मोवाईल अलग अलग गरेर फालेको अवस्थामा भेट्टाएको थियो । कुकूर अझै सामुदायिक बनमै करिव १ सय मिटर अघि गएर कच्ची वाटोमै पुगेको थियो ।‘भागरथीलाई घिसार्दै घटनास्थलमा ल्याएको ठाउँवाटै कच्ची बाटो नगएर अपराधी सामुदायिक बनको झाडी भएर कच्ची बाटोमा पुग्नुले भुगोलको राम्रो जानकार भएको देखिन्छ’एक स्थानियले बताए । भागरथीको बलत्कार र हत्या गर्नेले आफ्नो संलग्नता थाह नहोस भनेर धेरै चलाकी अपनाएकोले प्रहरीलाई अपराधी पत्ता लगाउन जटिल भएको छ । घटनास्थलवाट अपराधी भागेको वाटो पछ्याउदै कच्ची वाटोमा पुगेपछि भने कुकूरले वाटो पछ्याउन सकेन् । अघिल्लो राती पानीले परेकोले कुकूरले अपराधी भागेको वाटो पछ्याउन नसकेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीले बताएका छन ।  बलत्कार र हत्या गरेर अपराधी जंगलको वाटो हुदै कच्ची सडक पुगेर कुनै सवारीसाधनमा भागेको हुन सक्ने देखिएको छ । अघिल्लो राती पानीले परेकोले कुकूरले अपराधी भागेको वाटो पछ्याउन नसकेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीले बताएका छन ।  

बुधवार करिव पौने ३  बजेतिर भाररथीको मोवाईल स्वीचअफ भएकाले प्रहरीले अढाई बजेट हत्या भएको अनुमान गरेको छ । प्रहरी शव फेला परकै स्थानमा बलत्कार र हत्या भएको निष्कर्षमा पुगेको छ ।  अढाई बजेतिर कच्चीवाटो वाट भागरथीलाई घिसार्दै करिव ५० मिटर तल जंगलमा लगेर बलत्कार गरि हत्या गरेको प्रहरीको बुझाई छ । पोष्टमार्टम रिपोटमा बलत्कार पछि हत्या भएको देखाएको छ । प्रहरीले भागरथीको मोवाईलको कल डिटेलमा, समाजिक सन्जालमा जोडिएका, त्यो वाटोमा अवातजावत गर्ने लगायत धेरैजना सँग सोधपुछ गरिसकेको छ । मोवाईलको फोरेन्सिक जाँच लगायत घटनास्थलमा फेला परेका रगत लगायतका प्रमाणको जाँच गर्न प्रहरीको बिधि बिज्ञान प्रयोगशाला पठाइएको छ । बलत्कार र हत्यामा संलग्न एक जान मात्र हो कि एक भन्दा बढी जना थिए भन्ने कुरा पनि अझै खुल्न सकेको छैन । बाटोवाट स्पष्ट देखिने करिव ५० मिटर तलमात्र भागरथीको शव फेला परेको थियो । दोश्रो दिन चडेपानीका घर फर्किरहेका ३ बिद्यार्थीले सडकवाटै उनको शव देखेको थिए । चडेपानी गाउँ र सिल्ल गाउँका मान्छे हिडडुल भैरहने कच्ची बाटोवाटै देखिने स्थानमा दिनदहाडै बलत्कार र हत्या कसरी भयो ? स्थानिय वासिन्दाको मनमा यो यो प्रश्नले घरजम गरेको छ । शव फेला परेको भन्दा केहि मिटर तल लगेमा घंघारु सहितको झाडी छ । ‘बलत्कार र हत्या गर्ने भए सडकवाट देखिने ठाउँमा नगरेर यो झाडीमा गर्नुपर्ने थियो’एक स्थानियले भने,‘यहि ठाउँमा बलत्कार र हत्या गरेको भन्ने कुरामा हामीलाई शंका लागेको छ ।’ कच्चीवाटो वाट घिसार्दै भागरथीलाई शव फेला परेको ठाउँसम्म लगेको स्थानिय बताउछन । कँच्ची सडकवाट शव फेला परेको ठाउँसम्म बनमाराको वोट घिसारेको जस्तै मासिएको उनले बताए । यसैगरि शव र सडक बिचमा ढुंगामा लागेर उनको शरिरको छालाको टुक्रा खसेको प्रहरीले फेला पारेको छ ।  

प्रकाशित: २ फाल्गुन २०७७ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App