१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भागरथी हत्या प्रकरण: अभियुक्तलाई बाल सुधारगृह पठाइयो

बिद्यालयवाट घर फर्कने क्रममा दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ । भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेशलाई १८ बर्ष भन्दा कम उमेर भएकाले बाल सुधारगृह दिपायल पठाइएको हो । घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका उनलाई जिल्ला अदालत बैतडीका न्यायधिश तिलक बहादुर कार्कीको एकल ईजलाशले मंगलवार सुधारगृह पठाउन आदेश दिएको हो ।

‘भाइ पर्नेबाटै भागरथीको हत्या’

दुई साताअघि १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएयता प्रहरीको मात्र होइन, सिंगै मुलुकको ध्यान बैतडीको दोगडाकेदारमा केन्द्रित थियो । अढाइ वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अहिलेसम्म पक्राउ नपरेका कारण पनि सोही प्रकृतिको यो घटनाबारे के होला भनेर सबैले गम्भीर चासो राखेका थिए ।

अभियुक्तले भागरथीको घाँटी अँठ्याएर हत्या गरेको स्वीकारे तर बलात्कार अस्वीकार : प्रहरी

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरको आरोप लागेका किशोरलाई प्रहरीले आज सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपी सार्वजनिक गरेको हो।

भागरथी हत्या प्रकरण : अपराधी भुगोलबारे जानकार छन् (अपडेट)

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार पछि हत्या भएको १२ दिन हुदाँ पनि दोषी पत्ता लाग्न सकेको छैन । तालिम प्राप्त कुकूरले अपराधी भागेको बाटो पछ्याउदै कच्ची सडक सम्म पुगेको थियो । कुकूरले पछ्याएको अपराधीले भाग्न प्रयोग गरेको बाटो हेर्दा अपराधी भुगोलको वारेमा राम्रो जानकार रहेको र चलाकीपुर्ण तरिकाले हत्या गरेको देखिएको छ ।माघ २१ गते हराएकी भागरथीको दोश्रो दिन साँझ ५ बजे शव फेला परेको थियो । शव फेला परेपनि घटनास्थल पुगेको प्रहरी टोली र स्थानियले उनको मोवाईल फेला पार्न सकेको थिएन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्