५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भागरथी हत्या प्रकरण : अपराधी भुगोलबारे जानकार छन् (अपडेट)

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार पछि हत्या भएको १२ दिन हुदाँ पनि दोषी पत्ता लाग्न सकेको छैन । तालिम प्राप्त कुकूरले अपराधी भागेको बाटो पछ्याउदै कच्ची सडक सम्म पुगेको थियो । कुकूरले पछ्याएको अपराधीले भाग्न प्रयोग गरेको बाटो हेर्दा अपराधी भुगोलको वारेमा राम्रो जानकार रहेको र चलाकीपुर्ण तरिकाले हत्या गरेको देखिएको छ ।माघ २१ गते हराएकी भागरथीको दोश्रो दिन साँझ ५ बजे शव फेला परेको थियो । शव फेला परेपनि घटनास्थल पुगेको प्रहरी टोली र स्थानियले उनको मोवाईल फेला पार्न सकेको थिएन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्