१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सुर्खेतमा अवैध काठसहित तीन जना पक्राउ

सुर्खेतमा प्रहरीले अवैधरुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठसहित तीनजनालाई पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका–११, रामघाटस्थित विषेश सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको गाडी मोबाइलको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

साधीखोलाबाट रामघाटतर्फ आउँदै गरेको भे१त ७४५० नम्बरको ट्याक्टरमा अवैधरुपमा ल्याउँदै गरेको सालको चिरान ६५ थान (कडी) ५०.५५ क्यूफिट काठ र ट्याक्टर चालक लेकवेशी नगरपालिका–७, का २१ वर्षीय देव चर्ती, ट्याक्टर साहु भेरीगंगा नगरपालिका–११, का ४६ वर्षीय कर्णबहादुर घर्ती र काठ मालिक सोही ठाउँका २९ वर्षीय पुष्प आचार्यलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २ फाल्गुन २०७७ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App