१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

६ महिनामा २ सय ४१ मुद्दा दर्ता, आत्महत्याको अवस्था भयावह

प्रहरी कार्यालय धादिङमा छ महिनामा भएको कामको विवरण प्रस्तुत गर्दै प्रहरी उपरीक्षक महेन्द्र खड्का ।

जिल्ला प्रहरी कार्यालय धादिङमा ६ महिनामा विभिन्न किसिमका दुई सय ४१ वटा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले चालु आर्थिक वर्षको पहिलो ६ महिनाभित्र सम्पादन गरेका कार्यहरुको प्रतिवेदन सार्वजनिक कार्यक्रममा धादिङका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले दर्ता भएका मुद्दाको विवरणको जानकारी दिए।  

विवरण अनुसार प्रहरीको ६ महिने तथ्याङ्क अनुसार धादिङमा आत्महत्याको अवस्था भने भयावह देखिएको छ। चालु आर्थिक वर्षको ६ महिनामै ७८ जनाले झुण्डिएर, विष सेवन गरेर तथा हाम्फालेर आत्महत्या गरेका छन्। अघिल्लो आर्थिक वर्षभरिमै ९५ जनाले आत्महत्या गरेको भएपनि यस वर्ष भने ६ महिनामै आत्महत्या गर्नेको संङख्या ७८ जना पुगेको हो।

त्यस्तै ६ महिनाको अवधिमा जबर्जस्ती करणीको १९ वटा मुद्दा दर्ता भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा जबर्जस्ती करणीको संख्या पनि बढी देखिएको छ। त्यस्तै जबर्जस्ती करणी उद्योगमा पनि १० वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङका एसपी खड्काले जानकारी दिए।

लागुऔषध तर्फ ८३ केजी चरेश बरामद गरिएको छ भने १९ केजी गाँजा बरामद गरिएको छ। साथै लागुऔषध मुद्दामा १७ जना पक्राउ परेका छन् भने ९ वटा मुद्दा दर्ता भएको छ। लागुऔषधको अवैध तस्करी रोक्न लागिपरेसंगै लागुऔषधको अवैध खेती फडानी कार्यलाई पनि निरन्तरता दिइएको एसपी खड्काले बताए। चालु आवको ६ महिनामै ६ सय ७८ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट गरिएको उनले बताए।

त्यस्तै फरार प्रतिवादी पक्राउ अभियान र अदालतको फैसला कार्यान्वयनतर्फ पनि ठूलै सफलता हात पारेको प्रहरीले दावी गरेको छ। अदालतको फैसला कार्यान्वयनतर्फ ६ महिनामा विभिन्न अपराधमा सजाय पाएर फरार रहेका ३० जनालाई पक्राउ गरि १३ वर्ष ४ महिना २३ दिनको कैद सजाय असुल गराइएको छ। पक्राउ परेकाहरुबाट २१ लाख ८१ हजार ७ सय २५ रुपैयाँ जरिवाना संकलन भएको एसपी खड्काले बताए। त्यस्तै अपराध गरेर भागेका ४० प्रतिवादीहरुलाई पनि पक्राउ गरि मुद्दा चलाएको छ।

त्यसैगरि सडकको नियम उल्लंघन गरि सवारी साधन चलाउने १५ हजार ८ सय सवारी साधनहरुलाई कारबाही गरि चालु आवको ६ महिनामै १ करोड २५ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन भएको छ। नियम उल्लंघन गर्नेहरुलाई जरिवाना मात्रै नगराइ सचेतना कक्षाहरु पनि लिइएको एसपी खड्काले बताए।

पहिलो ६ महिनाको अपराधको अवस्थालाई विश्लेषण गर्दा आत्महत्या न्यूनिकरणको लागि गाउँ गाउँमा मनोसामाजिक परामर्श र सचेतना कार्यक्रम आवश्यक देखिएको एसपी खड्काले बताए। ‘प्रहरीको काम भनेको अपराधीलाई कारबाही गर्नुमात्रै नभइ जनताको सेवा सुरक्षा र अपराध न्यूनिकरण गराउनुपनि एक हो’ खड्काले भने, ‘स्थानीय सरकारहरुसंग सहकार्य गरेर बढी मात्रामा देखिएका अपराध न्यूनिकरण गर्नको लागि सचेतना अभियान पनि संचालन गर्ने छौँ।’

प्रकाशित: १४ माघ २०७७ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App