१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नरभक्षी बाघ नियन्त्रणमा उदासीन

तीन महिनाभित्र बाघको आक्रमणबाट ८ जना मानिसको ज्यान गयो। भारत र नेपालको जैविकमार्ग खातासँग जोडिएका भग्रैया र धनौरामा ५ जनाको बाघको आक्रमणबाट ज्यान गईसकेको छ। ती मध्य दुई जना बालक थिए। बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने गेरुवा गाउँपालिकाको दुई गाउँबाट तीन जना गरी ८ जनाको बाघको आक्रमणबाट ज्यान गएको हो। शुक्रवार पूर्व पश्चिम राजमार्गमा निस्केको बाघले कोहलपुरबाट उपचार गराएर फर्किरहेको अवस्थामा मोटरसाईकलमा सवार नन्दकला थापालाई झम्टेरको ज्यान लियो। 

पछिल्लो समय बाघले दिनहुँ घटना घटाएपनि सम्बन्धित निकायको उदासिनताले निकुन्ज र करिडोर क्षेत्र आसपास सर्वसाधरणले असुरक्षित महसुस गरिरहेका छन्। खाता करिडोर क्षेत्रमा आक्रमण गरिरहेको बाघको अवस्था वन डिभिजन कार्यालयले पत्ता लगाउन सकेको छैन। पाँच जना मान्छे खाने बाघ आफ्नो वासस्थान तर्फ फर्किएको डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले दाबी गर्छन्। ‘केहि कारण करिडोर क्षेत्रमा बाघ आय होला’ उनी भन्छन्,‘अहिले बाघ आफ्नो वासस्थान तर्फ फर्किसकेको छ, महिनौ दिनसम्म क्यामरामा बाघको तस्बिर कैद भएन।’

प्राबिधिक टोली बाघ नियन्त्रणमा लिन खटिएपनि बाघ करिडोर क्षेत्रमा नरहेको वाग्लेको भनाइ छ। यसअघि गेरुवा गाउँपालिकामा मान्छे मारेको आंशकामा निकुन्जको टोलीले एउटा बाघ नियन्त्रणमा लिएको छ। उक्त बाघ पनि घटनास्थलमा नियमित देखिएपछि बाघ नियन्त्रणमा लिएको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। स्रोतका अनुसार मान्छे खाने आंशकामा नियन्त्रणमा लिएको बाघ निकुन्ज प्रशासनले कैदमा राखेको छ। तर, करिडोर र निकुन्जको राजमार्ग र गेरुवा गाउँपालिाकामा आक्रमण गर्ने बाघ एउटै हो कि भन्ने स्थानीयको अनुमान छ। 

बाघले एक पटक मान्छेको मासु खायो भने मान्छेलाई मात्र आक्रमण गर्ने प्रबृतिलाई दोहर्‍याउने आदत हुने बिज्ञ बताउँछन्। धमाधम बाघले मान्छ खाँदा पनि सम्बन्धित निकायको उदासिनता माथि सर्वसाधरणले प्रश्न चिन्ह खडा गरेका छन्। निकुन्जले नियन्त्रणमा लिएको बाघ पनि मान्छे खाने हो वा होइन एकिन हुन सकेको छैन। तर, जताततै बाघ आक्रमण बढिरहेको छ। घरमा पालेका पशु चौपायमा पनि बाघको आक्रमणमा तीब्रता भएको छ। नेपाल भारतको संरक्षित वनबाट निस्केको बाघले भगतपुर, पहाडीपुर, लालपुरमा किसानले पालेका दर्जन बढी चौपायामा बाघले आक्रमण गरिसकेको छ। बर्दिया निकुन्ज, जैविक मार्ग र भारतको संरक्षित वनसँग जिल्लाको अधिकांश ग्रामिण क्षेत्र जोडिएको छ। निकुन्जमा एक सयको हाराहारीमा बाघ रहेको निकुन्जका कर्मचारीको अनुमान छ।  

अघिल्लो बाघ गणनामा वयस्क बाघ ८७ वटा रहेको सार्वजनिक भएको थियो। बाघको टेरोटोरी अभाव, शिकार अभाव, आफै आफैमा लडेर घाइते हुने, बाघ मान्छे आक्रमण गर्ने बिज्ञ बताउँछन्। निकुन्जमा बाघको संख्या बढ्दा गाउँ र वस्तीमा गएर आक्रमण गर्ने गरेको निकुन्ज कर्मचारी बताउँछन्। बाघ बस्ने टेरोटरी निकुन्जमा अभाव भएका कारण झगडा गरेर बाहिर निस्केका बाघबाट सर्वसाधरण आक्रमण परिरहेका छन्। सम्बन्धित निकायले बाघको संख्याको अध्ययन गरी संरक्षित वन्यजन्तु बाघ कति वटा रहन सक्ने र के कति कारणले मानिस बाघको शिकार भईरहेको बारेमा अध्ययन गर्न सके मात्र मानव र वन्यजन्तु घट्ने बिज्ञको भनाइ छ। यद्दपि मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दा दुबै पक्षलाई नोक्सानी व्याहोर्न पर्ने हुन्छ।

प्रकाशित: १९ पुस २०७७ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App