११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मदन भण्डारी लोकमार्गमा दुर्घटना घटाउन ट्राफिक अभियान

दुर्घटनाबाट बचाउने बेरिकोट राख्दै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी र ट्राफिक । तस्विरः महेश्वर

मदन भण्डारी लोकमार्गको चतारा–रामपुर–बसाहा खण्डमा सवारी दुर्घटना न्यूनिकरण गर्न बिभिन्न ट्राफिक सचेतनामूलक गतिबिधि अघि बढाइएको छ । ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्ने भएकाले त्यसबाट बँच्न सचेतना अभियान थालिएको ट्राफिकले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला तथा त्यसमातहको ट्राफिक पोष्ट रामपुर तथा बेलका नगरपालिकाको साझेदारीमा सचेतना अभियानअन्तर्गत मदन भण्डारी लोकमार्गको चतारादेखि चौदण्डीगढी नगरपालिका सीमा बसाहासम्म जनचेतनामूलक कार्य सम्पन्न गरिएको ट्राफिक प्रहरी पोष्ट रामपुरले जनाएको छ । जस अनुसार यसअघि सडकमा राखिएका अव्यबस्थित बेरिकेटहरु हटाउउँदै दुर्घटनाका सम्भावित र जोखिमयुक्त क्षेत्रमा व्यवस्थित बेरिकेट, जेब्राक्रसिङ र सूचनामुलक होर्डिङ बोर्डहरु राखिएको छ ।

जिल्ला ट्राफिक कार्यालय कार्यालय उदयपुरका अनुसार बेलका ८ भित्र १० वटा बेरिकोट स्थापना गरिएको छ भने वडा नं. ९ को रामपुर बजारमा ४ वटा, ६ नं. वडाभित्र ३ वटा ५ नं. वडाभित्र ३ वटा स्थापना गरिएको छ । त्यस्तै ती क्षेत्रमा १६ ठाउँमा १६ वटा जेब्राक्रसिङ निर्माण

गर्नुका साथै दुर्घटनाबाट बँच्ने बिभिन्न् सन्देशमुलक होर्डिङबोर्डहरु ८ वटा राखिएको छ ।  

 

 

प्रकाशित: १२ पुस २०७७ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App