१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरको लिमचुङबुङमा कृषि उपज बजार सञ्चालन

लिमचुङबुङमा बनाइएको कृषि उपज केन्द्र बजार। तस्विरः महेश्वर

उदयपुरको विकट पहाडी लिमचुङबुङ गाउँपालिकाले साप्ताहिक (हटिया) कृषि उपज बजार सञ्चालनमा ल्याएको छ। गाउँपालिकामा गतवर्षदेखि लागु ‘अध्यक्ष कृषि परियोजना’ कार्यक्रम अन्तर्गत उत्पादित कृषि उपजको व्यवस्थित विक्री वितरण गर्न कृषि बजार सुरु गरिएको हो।  

वडा नं. १, २ र ३ को सीमास्थल रमितेचुङ डाँडामा हरेक शनिबार कृषि उपजका थोक तथा खुद्रा बिक्री स्टल राखेर बजार सञ्चालन गर्न थालिएको १ नं. वडाध्यक्ष तथा बजार व्यवस्थापन समितिका संयोजक भिम किरातीले बताए। गाउँपालिकाले बजारलाई व्यवस्थित र सुरक्षित बनाउन किरातीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको जनाएको छ।  

रमितेचुङ डाँडामा कृषि उपज बजार सञ्चालन गर्नकै लागि ५ वटा ट्रस प्रविधिको टहरा निर्माण गरिएको छ। आर्थिक वर्ष ०७५/७६ मा प्रदेश सरकारले दिएको १५ लाख रुपंैयामा  टहरा निर्माण भए पनि प्रयोगमा नआईरहेकोमा बजार सञ्चालन गरेपछि प्रयोग भएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए। बजार लागेपछि गाउँपालिकाका बिभिन्न वडाबासी किसानले उत्पादन गरेका हरिया तरकारी, सागसब्जी, फलफललगायत कृषि उपज किनबेच गर्न सहज भएको अध्यक्ष राईले बताए।  

०७६/७७ देखि सुरु अध्यक्ष कृषि परियोजनामार्फत गाउँपालिकाले बिभिन्न वडाबासी  किसानलाई व्यवसायिक तरकारी तथा फलफुल खेतीमा सहयोग गर्दै आएको छ। सहयोग पाएपछि उत्साहित गाउँले किसानले थालेको कृषि व्यवसायबाट उत्पादित उपजलाई व्यवस्थित विक्री वितरण गर्न साप्ताहिक बजार लगाउनु परेको अध्यक्ष राईको भनाई छ। बजारलाई थप व्यवस्थित गर्न कार्यविधि निर्माण भईरहेको पनि अध्यक्ष राईले बताएका छन्।  

बजार लाग्न थालेपछि गाउँमा उत्पादित तरकारी तथा फलफुलको विक्री वितरण सहज भएको प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले बताए। उनका अनुसार परियोजना अन्तर्गत गतवर्ष कृषितर्फ विनियोजित ४८ लाख रुपैंयाबाट गाउँलेले आलु, टमाटर, साग, स्कुस, कागती, किवीलगायतको व्यवसाय खेती थालेका छन्। गाउँपालिकाको सहयोग र किसानको मेहनेतबाट भएको उत्पादन बजारीकरण गर्न आवश्यक भएर बजार सञ्चालनमा ल्याइएको अधिकृत लिम्बुले बताए।  

बजार सुरु भएसँगै रमितेचुङ डाँडामा खानेपानी र शौचालयको व्यवस्था गर्ने तरखर भएको छ। खानेपानीको सुविधा र्भइसकेको र शौचालय बनाउने काम सुरु भएको २ नं. वडाध्यक्ष भविन्द्र राईले बताए। उनका अनुसार १ वर्षअघि ट्रस निर्माण समिति अध्यक्षकै संयोजकत्वमा शौचालय निर्माण उपभोक्ता समिति गठन गरेर काम अघि बढाइएको छ। बजार लाग्न थालेपछि फोहोर हुन नदिन शौचालय बनाईहाल्नु परेकाले गाउँपालिकाले तत्काल १ लाख ५० हजार रकम छुट्याएको छ।  

सो रकमबाट बजारमा महिला र पुरुषको छुट्टाछुट्टै शौचालय निर्माण कार्य थालिएको निर्माण समितिका अध्यक्ष विक्रम राईले बताए। उनका अनुसार शौचालय निर्माण तिब्र गतिमा भईरहेको र २ साताभित्रै बनाईसक्ने योजनाका साथ काम भईरहेको छ।  

प्रकाशित: २८ मंसिर २०७७ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App