जेन जीको प्रदर्शनमा सहभागी ४० जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट ४० जनाभन्दा बढी जेनजी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी मोहनमणि अधिकारीका अनुसार करिब ४० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका हुन् ।
जेन जी पुस्ताले सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको विलासी जीवनशैलीमा प्रश्न गर्दै देशभर प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा काठमाडौंमा १८ र इटहरीमा २सहित २० जनाको ज्यान गएको छ।
प्रकाशित: २३ भाद्र २०८२ १९:२२ सोमबार




-600x400.jpg)
