६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

किसानका दुःख: छैन सुदूरमा मल

कैलालीको गौरीगंगाका खुसीराम चौधरीले यसपालि मलबिनै खेतमा गहुँ छरिसकेका छन्। युरिया मल नपाउँदा उनले खेतमा मलबिनै गहुँ छरेका हुन्।सुदूरपश्चिम प्रदेशमा कात्तिक तेस्रो सातादेखि मंसिर पहिलो सातासम्म गहुँ बाली रोप्ने उपयुक्त समय मानिन्छ।यही समय छोप्दै सुदूरपश्चिमका किसान यतिबेला खेतबारीमा मलबिनै गहुँ छर्न बाध्य छन्।

वर्षमा दुईपटक खाद्य बालीका लागि भन्दै नेपाल सरकारले सुदूरपश्चिम प्रदेशमा रासायनिक मल पठाउने गर्छ।धान खेतीका लागि असार अगाडि पठाएको मल सकिएपछि गहुँ खेतीका लागि भने अहिलेसम्म सरकारले मल पठाउन नसकेको हो।मल नपाउँदा खाद्य बालीका रूपमा रहेको प्रमुख बाली गहुँ यहाँका किसान मलबिनै खेतमा छर्न बाध्य छन्।

मलको बाटो कुर्दा कुर्दै गहुँका लागि खनजोत गरेको खेतको ओसिलो सुक्न थालेको भन्दै कतिपय किसानले त मलबिनै गहुँ छर्न थालेको गौरीगंगाका अगुवा किसान रमेश भाटले बताए।उनले भने,‘मलको बाटो कर्दा कुर्दै खेतको ओसिलो पना सुक्न थालिसक्यो, त्यही भएर पनि किसान मलबिना गहुँ छर्न बाध्य छन् ।’  

गहुँ छर्ने उपयुक्त समय कात्तिक दोस्रो सातादेखि भएकाले किसानले मल नपाउँदा समयमै गहुँ छर्न नपाएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले भने, ‘समयमा मल नपाउँदा किसानले गहुँबाली छर्न पाएका छैनन्, जसले गर्दा उत्पादनमा ह्रास आउनेमा चिन्तित छन् ।’  

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका कायम मुकायम प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीका अनुसार गत असारयता सुदूरपश्चिम प्रदेशको कृषि सामग्री कम्पनी लिमिटेडमा रासायनिक मल युरिया नआएको बताए।उनले भने, ‘अहिलेसम्म युरिया मल नआउँदा किसान दैनिक कार्यालयमा धाउन थालेका छन् ।’ मलका लागि संघीय सरकारलाई आग्रह गरिसकेको उनले बताए।गहुँ बालीका लागि सुदूरपश्चिम प्रदेशमा १५ हजार मेट्रिक टन युरिया आवश्यक पर्छ।

त्यस्तै डिएपी १० हजार मेट्रिक टन आवश्यक रहे पनि अहिलेसम्म १२ सय ३० मेट्रिक टन मात्रै आएको छ भने पोटास ७ सय मेट्रिक टन चाहिनेमा ५ सय मेट्रिक टन मात्रै आइपुगेको छ।युरिया आउँदै नआउनु र डिएपी र पोटास चाहिने भन्दा न्यून मात्रामा आउँदा किसानलाई पु¥याउनै मुस्किल परेको बोगटीले बताए।

प्रकाशित: ७ मंसिर २०७७ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App