१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

झुलाघाट नाका पाँच दिनको लागि खोलिने

भारतीय पेन्सनधारीको लागि ५ दिन सीमानाका खोलिने भएको छ। भारतसँग सीमा जोडिएको झुलाघाट नाका ५ दिनका लागि खोलिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।मंसिर ८ देखि १२ गतेसम्म सीमानाका खुला गर्ने सहमति भएको हो।लामो समयदेखि सीमानाका बन्द भएपछि भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्न समस्या भएपछि नाका दुवै देशबीचका खोल्ने सहमति भएको हो।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।

पेन्सनधारी नागरिकहरुले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन्।पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलिन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए।बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नागरिक रहेका छन्।

प्रकाशित: ६ मंसिर २०७७ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App