१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खोटाङका ५१ जनाले जिते कोरोना

खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको संख्या ६८ पुगेको छ। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका कुल संक्रमितमध्ये हालसम्म ५१ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन्। हाल १६ जना संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लामा कोभिड–१९ बाट संक्रमितको संख्या लगातार वृद्धि भइरहेको छ। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढि संक्रमित भेटिएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट १ हजार ११ जनाको पिसिआर परिक्षणमा पठाइएकामा ४९ जनालाई संक्रमण भएको पूष्टी भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितभित्र प्रहरी जवान पनि छन्।  

यस्तै, साकेला गाउँपालिकाबाट २५८ जनाको पिसिआर परिक्षणमा पठाउँदा ५ जना, हलेसी तुवाचुङ नगरपालिकाबाट ३०१ जनाको नमूना पिसिआर परिक्षणमा पठाइएकामा ४ जना, खोटेहाङ गाउँपालिकाबाट १३३ जनाको पिसिआर परिक्षणमा पठाइएकामा ४ जना,  जन्तेढुंगा गाउँपालिकाबाट १२४ जनाको पिसिआर परिक्षणमा पठाउँदा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट १४६ जनाको पिसिआर परिक्षणमा पठाउँदा १ जना,  ऐसेलुखर्क गाउँपालिकाबाट ७३ जनाको पिसिआर परिक्षणमा पठाउँदा १ जना, बराहपोखरी गाउँपालिकाबाट ५७ जनाको पिसिआर परिक्षणमा पठाइएकामा १ जना र केपीलासगढी गाउँपालिकाबाट ८९ जनाको पिसिआर परिक्षण गर्दा १ जनालाई संक्रमण पूष्टी भएको प्रशासनले जनाएको छ।  

संक्रमितमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ जना र साकेला गाउँपालिकाका १ जना उपचारमै छन्। हालसम्म रावाबेँसी गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन्।  

लकडाउन खुलेपछि र लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालन सुरु भएपछि आवागमन बढ्दा जिल्लामा कोरोना संक्रमणको त्रास बढेको छ। तर, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा बेवास्ता बढिरहेको छ। हाल हाटबजारमा अधिक भिड लाग्ने गरेको छ।  

प्रकाशित: ६ मंसिर २०७७ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App