२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

वायरिङ गर्ने क्रममा करेन्ट लागेर ३८ वर्षीय मन्सुरको मृत्यु

सर्लाहीको चन्द्रनगर गाउँपालिका-५ मोहनपुर टोलमा नयाँ घरमा विद्युत्को वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ३८ वर्षीय ईद महमद मन्सुर रहेका छन्। मङ्गलबार साँझ आफ्नै नयाँ घरमा विद्युत्को वायरिङ गर्ने क्रममा मन्सुरलाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २६ श्रावण २०८३ २१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App