१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

भर्ना बन्दले बिपीमा गर्भवतीको बिचल्ली

बिपी प्रतिष्ठानको गाइनो इमर्जेन्सी। तस्बिर: रोहित राई/नागरिक

शल्यक्रियाका लागि आवश्यक सर्जन गाउनलगायत कपडा पर्याप्त उपलब्ध नभएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो विभागले गर्भवतीलाई भर्ना लिन बन्द गरेको छ। बिहीबार बेलुकीदेखि गाइनो वार्डमा नयाँ गर्भवती महिलालाई भर्ना लिन बन्द गरिएको हो। विभागले भर्ना नलिएपछि शुक्रबार बिहानैदेखि गाइनो इमर्जेन्सी पुगेका गर्भवती बिचल्लीमा परेका छन्।

कतिपय गर्भवतीलाई परिवारजनले अन्यत्र अस्पतालतिर लगेका छन्। डाक्टरकै सल्लाहअनुसार गर्भवती बुहारीलाई गाइनो इमर्जेन्सीमा लगिए पनि भर्ना लिन नमानेको धरानका देवहाङ राईले बताए। ‘हिजो (बिहीबार) डाक्टरले नै बुहारीलाई आज (शुक्रबार) बिहान ८ बजे खाना नख्वाई ल्याउनू भनेका थिए, हामीले त्यसै ग¥यौं। तर कसैलाई पनि भर्ना लिन मानेन,’ उनले भने, ‘बिहान निकैबेर तनावको स्थिति सिर्जना भयो।’ उनका अनुसार अधिकांश गर्भवतीलाई परिवारले अन्यत्र लिएर गए। डाक्टरले भने विराटनगरको कोसी अस्पताल वा अन्यत्र लैजान सुझाव दिइरहेको उनले बताए।

प्रतिष्ठानको गाइनो विभागका चिकित्सकहरूका अनुसार लन्ड्री मेसिनमा झन्डै एक महिनादेखि समस्या छ भने अर्को मेसिनमा काम गर्ने केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ। जसले गर्दा शल्यक्रियामार्फत डेलिभरी गर्दा सर्जनलाई आवश्यक पर्ने गाउन, बिरामीलाई चाहिने कपडा लन्ड्रीबाट उपलब्ध भएको छैन। ‘इमजेन्सीमा अप्रेसन १४÷१५ वटा पनि पुग्न सक्छ, कुनै टुंगो हँुदैन। अहिले लन्ड्रीबाट गाउन आदि चाहिएजति आइरहेको छैन,’ ती चिकित्सकले भने, ‘नर्मल डेलिभरीलाई पनि कतिबेला शल्यक्रिया गर्नुपर्ने हुन सक्छ, त्यसैले हिजो साँझदेखि कसैलाई पनि भर्ना नलिनू भनिएको हो।’ प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहले लन्ड्रीको समस्या समाधान भइसकेको दाबी गरे।

प्रकाशित: २२ कार्तिक २०७७ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App