१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पाण्डेलाई जापानको उच्च पदक

पूर्व परराष्ट्रमन्त्री, राजनीतिक विश्लेषक तथा लेखक रमेशनाथ पाण्डेलाई जापान सरकारले उच्च पदक दिने घोषणा गरेको छ।

जापान टाइम्सका अनुसार, मंगलबार घोषणा भएको जापान सरकारको '२०२० अटम इम्पेरियल डेकोरेसन' पाउनेमा विश्वका ६० देशका १ सय ४१ जना लब्धप्रतिष्ठित र आफ्नो क्षेत्रमा रहेर उच्च योगदान गरेका व्यक्तिहरू छन्।

पाण्डेलाई 'ग्य्रान्ड कोरडोन अफ द राइजिङ सन' दिने घोषणा भएको छ। दक्षिण एसियाबाट भने पाण्डेलाई मात्र यो पदक प्रदान गरिएको छ।

नेपाल–जापान सम्बन्ध सुदृढ गर्न पाण्डेले खेलेको भूमिकाका निम्ति यो उच्च सम्मान दिइएको हो।

प्रकाशित: १८ कार्तिक २०७७ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App