१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिद्धिचरण लोकमार्गः दुर्घटना रोक्न राति सवारी आउजाउमा रोक

आईतबार विहान दुर्घटनामा परेर क्षतविक्षत भएको स्कारपियो ।

एकपछि अर्को दुःखद् दुर्घटना हुने क्रम नरोकिएपछि थप दुर्घटना हुन नदिन सिद्धिचरण लोकमार्गमा राति सवारी आउजाउमा रोक लगाइएको छ। दुईजनाको मृत्यु हुने गरी सवारी दुर्घटना भएको ११ औं दिन ५ जनाको ज्यान जाने गरी अर्को दुर्घटना भएपछि थप विपत आउन नदिन साँझ ५ बजेदेखि विहान ४ बजेसम्म लोकमार्गमा सवारी आवागमनमा प्रहरीले निषेध गरेको हो।  

११ दिनअघि असोज २१ गते सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी ८ सिरिसेमा एउटा कन्टेनर दुर्घटनामा पर्दा सडकदेखि ५ सय मिटर तल खसेर २ जनाको घटनास्थलमैं मृत्यु भएको थियो। सो घट्नामा थप २ जना गम्भीर घाइते भएका थिए। ११ औं दिन आइतबार विहान १ बजे भएको स्कारपियो दुर्घटनामा ५ जनाको मृत्यु र ३ जना घाइते भएपछि राति सवारी आवागमनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

अधिकांश दुर्घटना रातिको समयमा हुने गरेको पाइएपछि नगरपालिका, प्रशासन, उद्योगी व्यापारी र स्थानीयको सल्लाहमा राति जिश्चित समयमा सवारी आउजाउ गर्न रोक लगाउने निर्णय भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। कटारीका डिएसपी हेमन्त भण्डारीका अनुसार धेरैजसो दुर्घटना रातिको समयमा भएको पाइएपछि सबैको सुझाव र सल्लाह अनुसार साँझदेखि विहानसम्म सवारी चल्न नदिने निर्णय गरिएको हो।  

कटारीदेखि माथितिर जाने जति पनि सवारीसाधन साँझ ५ बजेभित्र आएकालाई छाड्ने, त्यसभन्दा पछि आउनेलाई त्यहीँ रोकेर विहान मात्र पठाउने निर्णय भएको भण्डारीले बताए। यो निर्णयपछि ५ बजेपछि आएका गाडीहरु सबै विहान ४ बजेपछि मात्र जान दिइने भएको छ।

यो पनि पढ्नुहोस्

सिद्धिचरण लोकमार्गमा स्कारपियो दुर्घटना, मृतक पाँचै जनाकाे सनाखत

यो पनि पढ्नुहोस्

उदयपुरमा स्कारपियो दुर्घटना, पाँचको मृत्यु, तीन घाइते

प्रकाशित: २ कार्तिक २०७७ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App