coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिद्धिचरण लोकमार्गमा स्कारपियो दुर्घटना, मृतक पाँचै जनाकाे सनाखत (अपडेट)

उदयपुरको सिद्धिचरण लोकमार्गमा आज विहान भएको स्कारपियो जीप दुर्घटनामा परी उदयपुरका १ सहित ५ जनाको मृत्यु भएको छ। भैरहवाबाट ओखलढुंगातर्फ गईरहेको बा २० च ७१७१ नम्बरको स्कारपियो जीप सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका १४ भदौरेमा आईतबार विहान अन्दाजी १ः०० बजे दुर्घटना हुँदा त्यसमा सवार ८ मध्ये ५ को घट्नास्थलमै मृत्यु भएको हो।  

ब्रेक फेल भएर दुर्घटनामा परेको जीप सडकबाट अन्दाजी ९ सय मिटर तल खसेर क्षतविक्षत भएको घट्नास्थल पुगेको प्रहरी कार्यालय कटारीले जनाएको छ। दुर्घटनामा परी कटारी नगरपालिका ८ सिरिसेका ३० वर्षीय महेशबहादुर बिकको घटनास्थलमै मृत्यू भएको छ भने अन्य ४ जना ओखलर्ढुगा मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरका रहेको प्रहरीले जनाएको छ।  

घट्नास्थलमै मृत्यु हुने अन्यमा मानेभञ्ज्याङ ९ का ४५ वर्षीय रामबहादुर सार्की, अन्दाजी २६ वर्षीय कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की र ३५ वर्षीया नरिमाया सार्की रहेको इप्रका कटारीले जनाएको छ।  

चालक रुपन्देही त्रिदम्बा नगरपालिका १५ का रामबहादुर खड्काका २८ वर्षीय छोरा पवन खड्का गम्भीर घाइते भएका छन्। उनको कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगर रिफर गरिएको इप्रका कटारीका डिएसपी हेमन्त भण्डारीले बताए। त्यस्तै ओखलढुंगा मानेभञ्ज्याङ ९ कै सागर सार्कीकी छोरी १८ वर्षीया कल्पना सार्कीको पनि अवस्था गम्भीर छ। टाउको र शरिरका बिभिन्न भागमा चोट लागेकी उनलाई पनि कटारीमा उपचारपछि बिराटनगर रिफर गरिएको छ।  

रुपन्देहीकै रामबहादुर सार्कीकी श्रीमती ३१ वर्षीया कुमारी सार्कीको भने अवस्था सामान्य छ। दाहिने खुट्टामा चोट लागेकी उनको उपचार कटारी अस्पतालमा भईरहेको डिएसपी भण्डारीले बताए। दुर्घटना भएको खवर पाएपछि प्रहरी चौकी घुर्मी र कटारीबाट गएको संयुक्त टोलीले घाईतेहरुको उद्धार गरी उपचारार्थ अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार घट्नास्थलबाट मृतकहरुको शव पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याउने तथा आफन्तलाई बोलाउने काम भइरहेको छ। 

प्रकाशित: २ कार्तिक २०७७ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App