coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा स्कारपियो दुर्घटना, पाँचको मृत्यु, तीन घाइते

दुई जनाको अवस्था गम्भीर

उदयपुरमा गए राति स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। कटारी नगरपालिका वडा नम्बर १४ स्थित सिद्धिचरण राजमार्गअन्तरगतको भदौरे भन्ने स्थानमा बा २० च ७१७१ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीकाअनुसार उनीहरू भारतबाट ओखलढुंगा आउँदै गर्दा दुर्घटनामा परेका हुन्।

मृतक मध्ये दुई जनाको सनाखत भएको प्रहरीले जनाएकाे छ। मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङका अन्दाजी ४५ वर्षीय रामहादुर सार्की र सोही स्थानका अन्दाजी २६ वर्षीय वर्ण सार्की रहेका छन्। तीन जनाको भने सनाखत हुन बाँकी छ। घाइते तीन मध्ये चालकसहित दुईको अवस्था गम्भीर छ। उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७७ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App