coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रातो मच्छिन्द्रनाथको क्षमापूजा

शुक्रबार ललितपुरको पुल्चोकमा आठ जना पुजारीद्वारा रातो मच्छिन्द्रनाथको क्षमापूजा गरिँदै ।तस्बिर: दिपेश श्रेष्ठ/नागरिक

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि प्रशासनले रथयात्रालाई अघि बढाउने निर्णय गरेसँगै शुुक्रबार क्षमापूजा गरिएको छ । क्षमापूजामा ८ जना पुजारीले बिहानैदेखि विधिपूर्वक क्षमापूजा गरेका हुन् । क्षमापूजाका क्रममा रथ सञ्चालनका लागि गरिएका गल्तीको महसुस गरिन्छ । स्थानीयले वर्षभरि गरेका भूलको पनि माफी क्षमापूजाबाटै माग्ने गर्छन् । रथयात्राभर असहज नहोस् भनेर पनि क्षमापूजा गर्ने परम्परा छ ।  

उपत्यकाकै ठूलो जात्रा भनेर परिचित सो जात्रा मनाउने क्रममा बिहीबार विवाद भएको थियो । शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कफ्र्युबीच पुल्चोकमा रहेको रथमा स्थानीयले विधिअनुसार पूजाअर्चना गरेका थिए । कोरोना महामारीका कारण यसपटक जात्रा पर्व धान्न मुस्किल परेको क्षमापूजाका सदस्य मणिकराज शाक्यले बताए । उनले बिहीबार बिनासाइत युवाहरूले रथ तानेको बताए । उनले भने, ‘शुक्रबार रथको साइत थियो, कुसाइतमा नचिनेका मानिस आएर रथलाई जबरर्जस्ती ताने, त्यसरी देवताले जान मान्दैनन्, मुडे बल लगाएर तान्दा रथ नै बिग्रिएको छ ।’  

रथ बिग्रिएको र फेरि बनाउन नसकिने अवस्था भएकाले थोरै दुरीमा मात्रै तानेर विसर्जन गर्ने कार्यक्रम रहेको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । उनले स्थानीयको जात्रा पर्वमा बाहिरी युवा प्रवेश गर्दा बिहीबार अवस्था गम्भीर बनेको बताए । ‘अब रथलाई सात सय मिटर पर तानेर जावलाखेल हुँदै बुङमती लगेर राखिन्छ,’ उनले भने । सहज अवस्था भएको भए वैशाखमै रथजात्रा सुरु भएर भदौको पहिलो साता जावलाखेलमा भोटो देखाएर सकिन्थ्यो । तर, कोरोना महामारीका कारण यसपासि जात्रा सर्दै आइरहेको थियो ।

प्रकाशित: २० भाद्र २०७७ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App