१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

स्रोत नखुलेको लाखौँ रकमसहित रौतहटमा एक जना पक्राउ

भारतबाट लाखौँ रकम लिएर नेपाल पस्दै गरेका एक जना पक्राउ परेको छ। पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका ९ का २० वर्षीय दीलिपकुमार साह रहेका छन्।  

भारतबाट ईशनाथ नगरपालिकाका ९ लवतनवाटोल हुँदै नेपाल छिर्दै गरेका साहलाई सशस्त्र प्रहरीले चेकजाँच गर्दा लाखौँ रुपैया बरामद भएको हो। भारतीय नम्बर प्लेटको बीआर ३० एन ९५८० नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरिरहेका साहलाई सशस्त्र प्रहरी बल नं. ११ गण हेड क्वारटर रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीको कमान्डमा रहेको सशस्त्र प्रहरीको टोलीले विहीवार बिहान पक्राउ गरेको हो।

स्रोत खुलेको २८ लाख ५१ हजार ९ सय ६० रुपैयासहित पक्राउ परेका साह, मोटरसाइकल र रकमसमेतलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक ओलीले जानकारी गराएका छन्।

 

प्रकाशित: ११ भाद्र २०७७ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App