१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

रौतहटमा बागमती नदीमा डुबेर तीन बालिका बेपत्ता

रौतहटको धरमपुरस्थित बागमती नदीमा डुबेर तीन जना  बालिका बेपता भएका छन्। स्थानीय गढिमाइ नगरपालिका ७ धरमपुर टोलका भदै मुखियाको छोरी १० वर्षीया पिंकु मुखिया, लक्षुमण दासको छोरी १२ वर्षीया सुसिता दास र छठु मुखियाको छोरी १० वर्षीया चन्चल मुखिया वाग्मतीमा नुहाउने क्रममा बेपता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दिउसो १२ बजेको समयमा तीनैजना नुहाउन नदीमा हाम फालेका थिए। बागमती नदीमा बेपता भएर हराएको बालिकाहरुको स्थानीय र प्रहरीको सक्रियतामा खोजी कार्य भैरहेको रौतहटका प्रहरी प्रमुख एसपी रबिराज खडकाले बताए।

प्रकाशित: ७ भाद्र २०७७ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App