४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

निषेधाज्ञाको सातादिनमा ५३ सवारीसाधन नियन्त्रणमा

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न उदयपुरमा लागू गरिएको निषेधाज्ञा अवज्ञा गर्ने आधादर्जन व्यक्ति र ५३ वटा सवारीसाधन नियन्त्रणमा गरी प्रहरीले कारबाही अघि बढाएको छ। निषेधाज्ञाको सातादिनभित्र बिभिन्न ठाउँबाट पक्राउलाई संक्रामक रोग ऐन अनुसार कानुनी कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

जिल्ला सदरमुकामसँगै बिभिन्न स्थानीयतहमा संक्रमितहरु थपिदै गएपछि जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसिएमसी) उदयपुरले गत २८ गते मध्यरातिदेखि आउदो १२ गते मध्यरातिसम्म लागू हुने गरी त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ। तर, निषेधाज्ञाको उल्लंघन गर्दै सवारी चलाउने तथा निर्वाध आउजाउ गरेर संक्रमण बढाउन सहयोग गरेको पाइएपछि त्यस्ता व्यक्ति र सवारी साधनलाई पक्राउ गरी कारबाही थालिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए।

सुरुका दुई/तीनदिन निषेधाज्ञाको राम्रै पालना भएको देखिए पनि साउन ३१ गतेदेखि अवज्ञा गर्न सुरु भएपछि त्यस्ता व्यक्ति र सवारी साधन नियन्त्रणमा लिइएको हो। निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधन र पक्राउ व्यक्तिमाथि ‘संक्रामक रोग ऐन २०२०’ को दफा ३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको एसपी दाहालले बताएका छन्।  

त्यस्तै निषेधाज्ञाको अवधिलाई उल्लंघन गर्दै बिभिन्न स्थानीय नदी खोला खहरेबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्दनन् तथा बिक्री वितरण गर्ने गरेको भेटिएपछि दर्जन बढी ट्याक्टर र स्काभेटर नियन्त्रणमा लिइएको छ। सदरमुकामका त्रियुगा र बरुवा, बेलका नगरपालिकाका गिदेरी, छौडिया तथा कटारी नगरपालिकाको वैजनाथलगायत स्थानीय खोलाबाट अवैध ढंगा, गिटी, बालुवाको उत्खनन गर्दै बेचविखन गर्ने सवारी साधन नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ।  

प्रहरीका अनुसार ती ट्याक्टर र स्काभेटर साउन ३१ गतेदेखि ५ गते शुक्रबारसम्म नदीजन्य पदार्थ निकाल्दै गरेको भेटेर पक्राउ गरिएको हो। लकडाउन र निशेधाज्ञा जे भने पनि आपराधिक गतिबिधि गर्नेहरुको जिल्लामा कमी नभएको पाइएपछि प्रहरीले कडा निगरानी थालेको एसपी दाहालले बताएका छन्।

प्रकाशित: ६ भाद्र २०७७ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App