२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङ दोस्रो पटक कोरोना मुक्त जिल्ला

ताप्लेजुङ फेरी दोस्रो पटक कोरोना संक्रमित शून्य जिल्ला बनेको छ। कोरोना संक्रमित मिक्वाखोला गाउँपालिकाका एक पुरुषको दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै ताप्लेजुङ दोस्रो पटक शून्य संक्रमित जिल्ला बनेको हो।  

यहाँको सिरिजङ्घा गाउँपालिका वडा नं २ की एक मृतक महिला, कोरोना संक्रमित ति युवा र फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका तथा उनीहरुको सुरक्षा एवम् व्यवस्थापनमा खटिएकासहित गरी ४० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। रिपोर्ट नेगेटिभ आएसंगै ताप्लेजुङ दोस्रो पटक कोरोना शून्य संक्रमित जिल्ला बनेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जानकारी दिए।  

यसअघि गत साउन २० गतेदेखि २६ गतेसम्म शून्य संक्रमित जिल्ला बनेको ताप्लेजुङमा साउन २७ गते फेरी संक्रमण देखा परेको थियो। सोहि दिनको रिपोर्टमा कोरोना पोजेटिभ नतिजा आएका युवाको दोस्रो पटकको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका अनुसार बिहीबारसम्ममा यहाँस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिन तेस्रो मुलुकबाट फर्किएका ३ जना मात्र रहने छन्।

प्रकाशित: ४ भाद्र २०७७ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App