६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भारतीय सहयोगका परियोजनाको समीक्षा

नेपाल–भारत आठौं संयुक्त निगरानी संयन्त्रको बैठक सोमबार सम्पन्न भएको छ। नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र भारतका तर्फबाट नेपालका लागि राजदूत विनयमोहन क्वात्राको संयोजकत्वमा सम्पन्न भर्चुअल बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजना शीघ्र कार्यान्वयन आवश्यक औंल्याएको छ।

बैठकमा भारतीय सहयोगमा निर्माणाधीन परियोजना कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको थियो। दुवै पक्षबीच निर्माणाधीन कुनै समस्या भएमा त्यसमा देखिएका समस्या तत्कालै समाधान गरी परियोजना अघि

बढाउने सहमति भएको छ। बैठकमा भारतीय  सहयोगका तराईका सडक, सीमापार रेल, अरूण तेस्रो जलविद्युत् परियोजना, पेट्रोलियम पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपछिको पुनर्निर्माण, सिँचाइ, विद्युत् प्रसारण लाइन, नेपाल प्रहरी एकेडेमी, एकीकृत जाँच चौकी, रामायण सर्किट, महाकाली नदीको मोटरेबल पुल, कृषि र सांस्कृतिक सम्पदालगायत परियोजनाको  

कार्यान्वयन अवस्थाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘नेपाल–भारत निगरानी संयन्त्र’ नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाको निगरानी तथा शीघ्र कार्यान्वयनका लागि २०१६ सेम्टेम्बरमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका बेला गठन गरिएको संयन्त्र हो। संयन्त्रको नवौं बैठक दुई पक्षीय सहमतिका आधारमा ठीक समयमा गरिने जनाइएको छ।

प्रकाशित: २ भाद्र २०७७ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App