६ वैशाख २०८१ बिहीबार
समाज

समुदायस्तरमा कोरोना फैलिएपछि कपिलवस्तुमा साउन ३२ सम्म लकडाउन

कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि कपिलवस्तु ६ दिनका लागि लकडाउन गरिएको छ। साउन २७ गते बिहान ५ बजेदेखि साउन ३२ गते साझ १२ बजे सम्मका लागि लकडाउन गरिएको हो। अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको हो। यस अघि गत साउन २२ गते देखि साउन ३२ गते सम्मका लागि अर्ध लकडाउन गरिएको थियो। सरकारी कार्यालय, बैकिङ संस्था बजार, पसल निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको हो। कोरोना फैलने उच्च जोखिम बढेकोे हो। 

 प्रजिअ दीर्घ नारायण पौडेकाले अध्यक्षतामा जिल्ला कोरोना विपद् व्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए। सजगता अपनाई संक्रमणको विस्तारलाई  रोक्न सो निर्णय गरिएको प्रजिअ पौडेलले बताए। उद्योग कलकारखानको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार संचालन गर्न पाईने छ। खाद्यन्न तथा तरकारी किन्न लागि बिहान ८ बजे देखि १० बजे सम्मको समय तोकिएको छ। बैंक कर्मचारी, शिक्षक विद्यार्थी, स्वास्थयकर्मी औषधि ब्यापारी लगायत समेत कोरोना संक्रमित भेटिए पछि सहुलियतसहितको निषेधाज्ञा जारी गरेको  हो। जिल्लाम ८ सय ५७  जना संक्रमित भेटिएका छन्। जमध्ये ७ सय ५५ जना निको भई घर फर्किसकेको छन्। लकडाउन पालना नगर्नेलाई कडा कारबाही गरिने प्रशासनले जनाएको छ।  

प्रकाशित: २६ श्रावण २०७७ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App