४ वैशाख २०८१ मंगलबार
समाज

बुबाको स्मृतिका शाहीले गरे आर्थिक सहयोग

सुर्खेतका पत्रकार रमेश शाहीले बुबा दलबहादुर शाहको स्मृतिमा विपन्न तथा गरिब परिवारलाई एक लाख रूपैयाँ आर्थिक सहयोग गरेका छन् । उनले तीनजना मृगौला पीडित र साझा घर नेपाललाई आर्थिक सहयोग गरेका हुन् ।

मृगौला पीडित गुर्भाकोट नगरपालिका–५, का युवराज गाहा, वीरेन्द्रनगर–२, का रामबहादुर खत्री र वीरेन्द्रनगरकै प्रभात पन्तलाई प्रतिव्यक्ति ३० हजारका दरले सहयोग गरेको पत्रकार शाहीले जानकारी दिए । उनले वीरेन्द्रनगर–९, स्थित साझा घर नेपाललाई पनि १० हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् । ‘उनीहरूलाई आर्थिक अभावमा डायलाइसिस गर्न समस्या भएको थियो,’ उनले भने, ‘समाजका विपन्न तथा गरिबलाई सहयोग गर्नु पत्रकारको पनि सामाजिक दायित्व हो । त्यसैले सहयोग गरेको हुँ ।’

आर्थिक अभावका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको उनको भनाइ छ । यस सहयोगले जीविकोपार्जन र स्वास्थ्य उपचार सहयोग पुग्ने पत्रकार शाहीको अपेक्षा छ । शुक्रबार पत्रकार शाही र उनकी आमा सरस्वती शाहीले पीडितहरूलाई उक्त रकम हस्तान्तरण गरेको छ । हरेक वर्ष बुबाको स्मृतिमा विपन्न तथा गरिबहरूलाई सहयोगका कार्यक्रम गर्ने पत्रकार शाहीको भनाइ छ ।

पत्रकार शाहीका बुबा दलबहादुर शाहीको गत साउन २० गते क्यान्सर रोगबाट मृत्यु भएको थियो ।

प्रकाशित: २३ श्रावण २०७७ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App