८ वैशाख २०८१ शनिबार
समाज

मुटु रोगी बालिकालाई सेनाको आर्थिक सहयोग

सहयोग हस्तान्तरण गर्दै नेपाली सेना । तस्बिर : नागरिक

लामो समय देखी मुटुरोगबाट पिडीत एक बालिकालाई नेपाली सेनाले आर्थिक सहयोग गरेको छ । रोल्पाको लुङग्री गाउँपालिका–६ गुम्चाल घर भएकि १५ वर्षीया लाल कुमारी बिष्टलाई रोल्पास्थित खड्ग दल गणका सेनाहरुले स्वतस्फुर्त रुपमा नगद संकलन गरी रकम हस्तान्तरण गरेका थिए ।  

नेपाली सेनाबाट संकलन भएको २७ हजार ७ सय रुपैयाँ गणमै एक अनौपचारीक कार्यक्रमबीच बुधबार पीडित बालिकालाई हस्तान्तरण गरिएको थियो । आर्थिक अवस्था अत्यन्त कमजोर भएकी लालकुमारीकी आमा जिल्ला प्रहरी कार्यालय भवन निमार्णमा निर्माण व्यवसायीका तर्फबाट मजदुरी गर्दै आएकी छिन् । गत साता जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरूका तर्फबाट पनि १७ हजार ५ सय ८६ रुपैयाँ पीडित बालिकालाई हस्तान्तरण गरिएको थियो ।

गत साल पुसमा रोल्पा अस्पताल रेउघामा सञ्चालन भएको मुटु रोग सम्बन्धी स्वास्थ्य शिविरमा चेकजाँच गर्दा मुटुको भल्भमा समस्या रहेको रिपोर्ट आएपछि उनीहरू थप उपचारका लागि काठमाडाैंसम्म जान सकिरहेका थिएनन् । बालिकालाई थप उपचारका लागि काठमाडाैंसम्म जानका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाले सहजिकरण गर्ने बताएको छ ।

प्रकाशित: २२ श्रावण २०७७ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App